शिबराज पन्थी/सिधा-पत्र कर्मी शनिबार, मंसिर ०६, २०८२

दाङ । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लि. गढवा र राजपुर शाखाको संयुक्त आयोजनामा तीन दिने कुसन बुन्ने तालिम सुरु भएको छ ।

संस्थाका गढवा शाखा प्रमुख रमिता पुनको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन गढवा गाउँपालिका ६ नम्बर वडा अध्यक्ष बिरबहादुर आलेमगरले गरेका छन् ।कार्यक्रममा बोल्दै अध्यक्ष आलेले लघुवित्तको कर्जा जोखिमलाई न्यूनीकरण गर्न र समूह सदस्यहरुलाई आयआर्जनको बाटो खोल्न यस्ता सिपमुलक तालिमहरुले टेवा पुग्ने बताए । कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेलले महिलाहरुले उत्पादन गरेका कुसनहरु बजारीकरणमा संघले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष दुखहरण यादव र पत्रकार शिबराज पन्थी र प्रशिक्षक सिता चौधरी लगायतले शुभकामना दिएका थिए ।

सो अवसरमा संस्थामा आवद्ध समूह सदस्य अमर बहादुर डागीको निधन भएकोले निजको श्रीमतिलाई १ लाख २५ हजार बराबरको कर्जा मिनाहा सहितको विमा रकम हस्तान्तरण गरिएको थियो । तालिममा २० जना समूहसदस्यहरु कुसन बुन्ने कार्यमा सहभागि रहेका छन् ।

त्यस्तै संस्थाका लुम्बिनी प्रदेश अनुगमन अधिकृत दिपा ज्ञवालीले कार्यक्रमको सहजिकरण गरेकि थिइन् । गढवामा कार्यालय सञ्चालन गरेका लघुवित्त संस्थाहरु मध्ये सिपमुलक कार्यक्रम सञ्चालन गरेको यो पहिलो संस्था रहेको कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]