
Rsb
Gsb
Csb
Usb
Ssb
Ksb
Rks
Tgp
Nsb
Bsn
Ppu
Ksb
Ssb
Ksb

Gsb
Hl1
Tsb
Usb
Ssb

Nps
ptl
Rgu
दाङ । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लि. गढवा र राजपुर शाखाको संयुक्त आयोजनामा तीन दिने कुसन बुन्ने तालिम सुरु भएको छ ।
संस्थाका गढवा शाखा प्रमुख रमिता पुनको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन गढवा गाउँपालिका ६ नम्बर वडा अध्यक्ष बिरबहादुर आलेमगरले गरेका छन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष आलेले लघुवित्तको कर्जा जोखिमलाई न्यूनीकरण गर्न र समूह सदस्यहरुलाई आयआर्जनको बाटो खोल्न यस्ता सिपमुलक तालिमहरुले टेवा पुग्ने बताए । कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेलले महिलाहरुले उत्पादन गरेका कुसनहरु बजारीकरणमा संघले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष दुखहरण यादव र पत्रकार शिबराज पन्थी र प्रशिक्षक सिता चौधरी लगायतले शुभकामना दिएका थिए ।
सो अवसरमा संस्थामा आवद्ध समूह सदस्य अमर बहादुर डागीको निधन भएकोले निजको श्रीमतिलाई १ लाख २५ हजार बराबरको कर्जा मिनाहा सहितको विमा रकम हस्तान्तरण गरिएको थियो । तालिममा २० जना समूहसदस्यहरु कुसन बुन्ने कार्यमा सहभागि रहेका छन् ।
त्यस्तै संस्थाका लुम्बिनी प्रदेश अनुगमन अधिकृत दिपा ज्ञवालीले कार्यक्रमको सहजिकरण गरेकि थिइन् । गढवामा कार्यालय सञ्चालन गरेका लघुवित्त संस्थाहरु मध्ये सिपमुलक कार्यक्रम सञ्चालन गरेको यो पहिलो संस्था रहेको कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

