
Bksbus5
Gsbus
Ddhbs
syysr
Jsbus
Ssbus
gms
dsbus
Amb
Csbus
Ratbs
Pbu
Rbs
Gsl
Nssbus7
Syees

nsb
Rgs
Ksm
Ggd
Pvg
Bbbpu
Asm
Vor
Rgu
Wsp
Gst
Rgu
Sls
Sbs
Ssm
Tsm
Bbu
Rsb
Hal

Ptm
Mks
sab
Gsb
Rpp
Rmb
Jmb
Jmb
Pls
bbt
Syp
Bml
Abd
काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारले फागुन २१ गतेका लागि तोकेको प्रतिनिधिसभा निर्वाचन अघि पार्टीको १५ औँ महाधिवेशन नभए निर्वाचन नलड्ने बताएका छन् ।
शुक्रबार बिहान संस्थापन समूहका २५ केन्द्रीय सदस्यहरुसँगको भेटमा महामन्त्रीद्वय थापा र शर्माले निर्वाचन अगाडि महाधिवेशन आफूहरुको बटमलाइन भएको बताएका हुन् ।
भेटमा सहभागी केन्द्रीय सदस्य आङगेलु शेर्पाले निर्वाचन अगाडि महाधिवेशन नभए गगन र विश्वप्रकाशले निर्वाचनमा आफूहरु उम्मेदवार नहुने बताएको जानकारी दिए । ‘हाम्रो मुख्य ध्यय नयाँ काङ्ग्रेस बनाएर निर्वाचनमा जाने भन्ने हो । महाधिवेशनबिना नयाँ कांग्रेस बन्न सक्दैन,’भेटमा महामन्त्रीद्वयको भनाइ उद्धृत गर्दै शेर्पाले रातोपाटीसँग भने, ‘महाधिवेशन नभई निर्वाचनमा जाने अवस्था भयो भने हामी निर्वाचनमा उम्मेदवार बन्दैनौँ ।’
संस्थापन समूहका २५ सदस्यले केही दिन अघि पार्टी केन्द्रीय कार्यालयमा ७ बुँदे माग दर्ता गराएका थिए । ती माग पूरा गर्न दबाब दिन पार्टी सभापतिदेखि पदाधिकारीसम्मलाई भेटिरहेका उनीहरुले बिहान महामन्त्रीद्वय थापा र शर्मालाई भेटेका थिए ।
बिहीबार सभापति शेरबहादुर देउवा र आज बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेका उनीहरुले त्यसपछि थापा र शर्मालाई भेटेका थिए । त्यस्तै २५ केन्द्रीय सदस्यको माग पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया मंसिरमा सुरु गर्ने र सकभर पुसको मसान्तसम्म महाधिवेशन गर्ने छ । त्यो मागमा आफूहरू सकारात्मक रहेको महामन्त्रीहरुले बताएको शेर्पाले जानकारी दिए ।
यस्तै काङ्ग्रेसमा महाधिवेशन निर्वाचन अगाडि गर्ने कि पछाडि भन्ने विवाद छ । त्यही विवादले गत असोज २८ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठक अनिर्णीत बनेको छ । रातोपाटी
