
syysr
Csbus
Amb
Nssbus7
gms
Rbs
Jsbus
Bksbus5
Gsl
Gsbus
Ssbus
Ratbs
Pbu
dsbus
Syees
Ddhbs

Bbbpu
Hal
Ksm
Gst
Ssm
Rsb
Pvg
Sls
Sbs
Vor
Bbu
Rgs
nsb
Wsp
Rgu
Rgu
Ggd
Asm
Tsm

Syp
Jmb
bbt
Pls
Rpp
Gsb
Ptm
Rmb
Mks
Bml
Jmb
sab
Abd
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री सुशीला कार्की भेटवार्ता गरेका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि उपस्थिति थिए । भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक परिस्थिति र आगामी निकासका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै प्रधानमन्त्रीको सचिवालयका अनुसार, विप्लवले वर्तमान सरकारलाई आफूहरूको पूर्ण साथ र समर्थन रहेको बताएका थिए । “विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ छ,” उनको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ ।
यस्तै विप्लवले अहिलेको राजनीतिक परिस्थितिको सुरक्षित निकासका लागि राजनीतिक दलहरूबीचको समझदारीलाई अझ फराकिलो र बृहत् बनाउँदै लैजान सुझाव दिएका थिए । उनले जेनजीले उठाएका मागलाई सम्बोधन गर्नुपर्नेमा पनि जोड दिए । “अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजाऔँ,”विप्लवको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ,“जेनजीले आन्दोलनका क्रममा उठाएका जायज मागहरु पूरा गरौँ ।”
