
Ppu
Rks
Tgp
Bsn
Ksb
Gsb
Ssb
Csb
Nsb
Ssb
Rsb
Ksb
Usb
Ksb

Hl1
Tsb
Usb
Ssb
Gsb

Nps
Rgu
ptl
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री सुशीला कार्की भेटवार्ता गरेका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि उपस्थिति थिए । भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक परिस्थिति र आगामी निकासका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै प्रधानमन्त्रीको सचिवालयका अनुसार, विप्लवले वर्तमान सरकारलाई आफूहरूको पूर्ण साथ र समर्थन रहेको बताएका थिए । “विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ छ,” उनको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ ।
यस्तै विप्लवले अहिलेको राजनीतिक परिस्थितिको सुरक्षित निकासका लागि राजनीतिक दलहरूबीचको समझदारीलाई अझ फराकिलो र बृहत् बनाउँदै लैजान सुझाव दिएका थिए । उनले जेनजीले उठाएका मागलाई सम्बोधन गर्नुपर्नेमा पनि जोड दिए । “अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजाऔँ,”विप्लवको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ,“जेनजीले आन्दोलनका क्रममा उठाएका जायज मागहरु पूरा गरौँ ।”
