
Gsl
dsbus
Ssbus
syysr
Bksbus5
Rbs
Ratbs
Gsbus
gms
Csbus
Syees
Nssbus7
Amb
Ddhbs
Jsbus
Pbu

Sbs
Rgu
nsb
Sls
Rsb
Ssm
Gst
Vor
Rgu
Tsm
Hal
Asm
Bbbpu
Ksm
Pvg
Ggd
Rgs
Bbu
Wsp

Jmb
Rpp
Bml
Pls
Gsb
Ptm
Jmb
Abd
Syp
sab
Rmb
Mks
bbt
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन केन्द्रित कार्यदलहरु गठन गर्ने निर्णय गरेको छ ।
रास्वपाको केन्द्रीय समिति बैठकले उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको निर्वाचन केन्द्रित वाचापत्र तयारी कार्यदलमा सदस्य विस्तार गर्ने निर्णय गरेको छ । स्वर्णिम नेतृत्वको वाचापत्र तयारी कार्यदलमा केन्द्रीय सदस्यहरु सोविता गौतम,गणेश कार्की, क्रान्तिशिखा धिताल,अरनिको पाँडे,नन्दन यावदसहित पार्टी सल्लाहकार राम गुरुङ सदस्य बनेका छन् ।
त्यस्तै संविधान परिमार्जन कार्यदलको नाम संशोधन गरी ‘संविधान एवं संविधान सम्बद्ध कानुन परिमार्जन कार्यदल’राख्ने निर्णय गरेको रास्वपाले उक्त कार्यदलको संयोजकमा केन्द्रीय सदस्य सोबिता गौतमलाई जिम्मेवारी तोकेको छ ।
यस्तै सहमहामन्त्री विपीनकुमार आचार्यको नेतृत्वमा रहेको उम्मेदवार छनोटसम्बन्धी रूपरेखा मस्यौदा समितिमा सदस्यदहरु थपिएको छ । उम्मेदवार छनोट समितिमा विराजभक्त श्रेष्ठ, डा. चन्दा कार्की र राजन गौतमलाई थपिएको छ । उक्त समितिमा प्रदेश सभापतिहरू पदेन सदस्य रहने प्रवक्ता मनिष झाले जानकारी गराए ।
रास्वपाले निर्वाचन लक्षित राजनीति अध्ययन, निर्वाचन रणनीति र मिडिया अध्ययन कार्यदल समेत गठन गरेको छ । विराजभक्त श्रेष्ठ संयोजक राजनीति अध्ययन कार्यदलमा सदस्यहरुमा पुकार बम, गणेश कार्की प्रकाश बिष्ट, मदन खड्का, देवराज पाठक, राजन गौतम, अच्युत्तम लामिछाने तपेश्वर यादव र गोमा तामाङ सरिन सदस्य तोकिएको छ ।
निर्वाचन रणनीति कार्यदलको संयोजकमा प्रवक्ता मनिष झाले संयोजकको जिम्मेवारी पाएका छन् भने उक्त कार्यदलका सदस्यहरुमा विष्णुकुमार श्रेष्ठ, टीका संग्रौला (ज्वाला), पारसमणि गेलाल छन् । यो कार्यदलमा प्रदेश सभापतिहरु पदेन सदस्य रहने निर्णय गरिएको छ । मिडिया अध्ययन कार्यदलको संयोजक निशा डाँगीलाई तोकिएको छ । उक्त कार्यदलका सदस्यहरु बारे भने निर्णय गरिएको छैन ।
त्यस्तै केन्द्रीय समिति बैठकले उच्च स्तरीय संवाद समितिका संयोजक उपसभापति डा. स्वर्णिम वाग्लेलाई परिवर्तनकामी राजनीतिक शक्तिहरुसँग प्रतिनिधि सभा निर्वाचनसँग सम्बन्धित रहेर संवाद गर्न निर्देशन दिने निर्णय गरेको छ ।अनलाइनखबर
