
Ssbus
Jsbus
Csbus
Syees
Gsbus
Ratbs
dsbus
syysr
Gsl
Ddhbs
Bksbus5
gms
Pbu
Amb
Nssbus7
Rbs

Rgu
Ksm
Gst
nsb
Asm
Sls
Rgu
Hal
Rsb
Ssm
Sbs
Tsm
Wsp
Ggd
Bbu
Pvg
Rgs
Vor
Bbbpu

Syp
Jmb
Mks
Rpp
Abd
Jmb
Pls
Gsb
bbt
Rmb
Bml
Ptm
sab
काठमाडौँ । गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ ।
पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने विवाद एक हप्ता केन्द्रीय कार्यसमिति बैठक रोकेर अनौपचारिक प्रयास गर्दा पनि मिल्न सकेको छैन । केन्द्रीय कार्यसमिति बैठकमा गत बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले धारणा राख्ने क्रम सकिएको थियो ।
त्यसपछि महाधिवेशन कहिले गर्ने भन्ने विवाद निराकरणका लागि अनौपचारिक छलफल गरी सहमतिको प्रयास गर्ने भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार रोकेर शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाए । त्यो समयमा भएका आन्तरिक प्रयासमा कुरा नमिलेपछि सोमबार दिउँसो २ बजेसम्मका लागि सारियो ।
कार्यवाहक सभापति खड्काले गरेका प्रयासले सोमबारसम्म पनि कुनै काम नगरेपछि बैठक एकैपटक मंसिर ४ गते (आज)सम्मका लागि सारिएको थियो ।
त्यस्तै अहिलेसम्म महाधिवेशनका सम्बन्धमा रहेको विवाद नमिलेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । ‘अहिलेसम्म विवाद मिलेको छैन । पार्टीभित्रका दुवै पक्ष आ–आफ्नो अडानमा छौँ,’ प्रवक्ता महतले रातोपाटीसँग भने, ‘महामन्त्रीज्यूहरुले निर्वाचन अगाडि महाधिवेशन हुनुपर्छ भनिरहनु भएको छ । हामीले अहिले निर्वाचनको तयारीमा पार्टी लाग्नुपर्छ । निर्वाचनपछि महाधिवेशन गरौँला भनिरहेका छौँ ।’
जारी केन्द्रीय कार्यसमिति बैठकमा कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए । त्यसैदिन उनलाई काउन्टर दिन सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए ।
यस्तै महामन्त्री थापाको कार्यतालिकालाई इतर समूहले र सहमहामन्त्री यादवको कार्यतालिकालाई संस्थापनले समर्थन गरेपछि कांग्रेसभित्र यो विषय पेचिलो बन्दै आएको छ । रातोपाटी
