
Csbus
Ssbus
Amb
syysr
Ddhbs
Jsbus
dsbus
Pbu
Rbs
Syees
Ratbs
Gsbus
Bksbus5
Gsl
Nssbus7
gms

Hal
Rgs
Rsb
Ggd
Asm
Ssm
Sbs
nsb
Rgu
Pvg
Wsp
Bbbpu
Ksm
Rgu
Gst
Bbu
Tsm
Sls
Vor

Gsb
Mks
Ptm
Syp
Bml
Jmb
Rmb
Abd
Rpp
sab
Pls
bbt
Jmb
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लमही नगर समितिको अधिवेशन मंगलबार आज लमहीमा सम्पन्न भएको छ। अधिवेशनले बलदेव भण्डारीको अध्यक्षतामा १७ सदस्यीय नगर कार्यसमिति गठन गरेको हो।
नवगठित समितिमा शान्ति कुवर जेनी,मिना चौधरी,सीता सार्की,शिशिर कडेल,धर्म बहादुर खड्का,आदित्य कशौधन,चेत बहादुर खत्री, कमला जिसी,रविन्द्र ध्वज शाह,डोलप्रसाद पाण्डे, शेषमणी घिमिरे,हिरालाल खड्का,रुद्र बहादुर खत्री,गोपाल प्रसाद कडेल,दुर्गा प्रसाद सुवेदी र शिवा विसी सदस्यका रुपमा चयन भएका छन् ।
त्यस्तै यसअघि देउखुरीका राजपुर,गढवा र लमही गरी तीन पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ । राजपुरमा मीनबहादुर विश्वकर्माको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरिएको थियो । अब दाङका सबै स्थानीय तहमा अधिवेशन सकिएपछि क्षेत्रीय हुँदै जिल्ला अधिवेशन गरिने राप्रपा दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति विनय बुढाथोकीले जानकारी दिए ।
अधिवेशनमा राप्रपाका केन्द्रीय सदस्य विश्वदीप शाहले हिन्दु राष्ट्र र राजसंस्था पार्टीको मुख्य एजेन्डा भएको भन्दै सबै हिन्दुबादी शक्तिहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् । उनका अनुसार राप्रपा अहिले देशव्यापी रुपमा संगठन विस्तारमा जुटेको छ।
कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य सरिता देवकोटा, मधुसूदन केसी लगायतका नेताहरुको सहभागिता रहेको थियो। लमही नगर समितिका अध्यक्ष दुर्गा केसीको अध्यक्षता र केन्द्रीय सदस्य विश्वदीप शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिव त्रिभुवन थापाले गरेका थिए ।
