
Rks
Ssb
Ssb
Csb
Ksb
Usb
Rsb
Ksb
Ppu
Ksb
Tgp
Bsn
Gsb
Nsb

Ssb
Usb
Hl1
Tsb
Gsb

ptl
Rgu
Nps
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका नौजनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार दिउँसो परिसरमा रहेका प्रसाईंलाई भेट्न पुगेका उनका निजी सुरक्षा गार्ड र नागरिक बचाउ महाअभियानका कार्यकर्ताहरु पक्राउ परेका हुन्।
परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए। उनीहरु चढेर गएको गाडी पनि प्रहरीले खानतलासी गरेको छ । प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति खलल पुर्याउने गरी अभिव्यक्ति दिएको आरोपमा सोमबार राति उनकै निवासबाट पक्राउ गरेको थियो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनलाई थप ४ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान अघि बढाउन अनुमति दिइसकेको छ। नागरिक बचाउ महाअभियानका सदस्यहरुले मंगलबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै प्रसाईंलाई २४ घण्टाभित्र रिहाइ गर्न माग समेत गरेका छन्।
