
Gsl
Ratbs
Ddhbs
Syees
Gsbus
Amb
Ssbus
Pbu
gms
dsbus
Jsbus
Nssbus7
Csbus
syysr
Bksbus5
Rbs

Vor
nsb
Wsp
Rgu
Ssm
Sls
Rgs
Bbbpu
Rgu
Sbs
Bbu
Ggd
Hal
Gst
Ksm
Tsm
Rsb
Pvg
Asm

sab
Bml
Pls
Rmb
Rpp
Gsb
Jmb
Mks
Ptm
bbt
Jmb
Syp
Abd
काठमाडौं । मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरुको मृत्यु भएको छ ।
साउदी अरबमा सोमबार हैदराबादका यात्रुहरुलाई मक्काबाट मदिना लैजाँदै गरेको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा २० महिला र ११ बालबालिका रहेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि बसमा आगो लागेको थियो । प्रारम्भिक रिपोर्टहरुमा दाबी गरिए अनुसार,मृत्यु हुने सबै भारतीय हुन् । उनीहरुमध्ये धेरैजसो यात्रु हैदराबादबाट तीर्थयात्रा जाँदै थिए।
त्यस्तै यो दुर्घटना मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरास नजिकै भारतीय समयअनुसार राति करिब १:३० बजे भएको थियो । त्यस समयमा धेरै यात्रुहरु सुतिरहेका थिए,जसले गर्दा ठोक्किएपछि बसमा आगो लाग्दा मानवीय क्षति बढेको हो ।
यस्तै तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावासको लगातार सम्पर्कमा रहेको बताएको छ। राज्य सरकारले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीमा रहेका अधिकारीहरुलाई दूतावाससँग समन्वय गरेर पीडितहरुको पहिचान र अन्य औपचारिकताहरुमा सहयोग गर्न निर्देशन समेत दिएका छन् ।
