
Csbus
dsbus
Pbu
Bksbus5
Nssbus7
Ratbs
Jsbus
Amb
Gsl
Ddhbs
Ssbus
Gsbus
gms
Rbs

Pvg
Bbbpu
Wsp
Ksm
Vor
Tsm
Rgs
Rgu
Asm
nsb
Bbu
Gst
Ssm
Sbs
Sls
Ggd
Hal
Rgu
Rsb

Ptm
Jmb
Abd
Syp
Gsb
Jmb
bbt
Mks
Rmb
sab
Pls
Rpp
Bml
दाङ । गुरुकुल एकेडेमी घोराहीको प्रधानाध्यापकमा प्रदीपराज भण्डारी नियुक्त भएका छन् ।
पूर्व प्रधानाध्यापक डा.कृष्णराज डिसिको तीन वर्षे कार्यकाल कार्तिक २८ गते सम्पन्न भएपछि संस्थाले नयाँ नेतृत्वका रुपमा भण्डारीलाई जिम्मेवारी दिएको हो । दिपशिखा बोर्डिङ स्कुलमा प्रधानाध्यापकको जिम्मेवारी वहन गर्दै आएका भण्डारी शैक्षिक योजना,व्यवस्थापन र गुणस्तर सुधारका लागि सक्रिय व्यक्तित्वका रुपमा चिनिन्छन् ।
भण्डारीले २०६५ सालदेखि औपचारिक रुपमा अध्यापन यात्रा सुरु गरेका हुन् । माउन्ट भ्यु स्कुल र बाल विकास विद्यालयदेखि दिपशिखा स्कुलसमेत दर्जनभन्दा बढी प्रतिष्ठित विद्यालयमा अध्यापन गरेको उनले कक्षा शिक्षणदेखि लिएर विद्यालय व्यवस्थापनसम्मको उल्लेखनीय अनुभव बटुलेका छन् । सहायक प्रधानाध्यापक तथा शैक्षिक निर्देशक भएर काम गरिसकेका भण्डारीलाई संस्थाले अब नेतृत्व क्षमता र व्यवस्थापन सुझबुझका आधारमा गुरुकुलको नयाँ अध्याय सुरु गर्ने अपेक्षा राखिएको छ ।
२०४२ साल चैत्र २० गते जन्मिएका भण्डारीले स्कुले शिक्षा माउन्ट भ्यु बोर्डिङबाट हासिल गरेका थिए । शैक्षिक यात्रा अघि बढाउँदै उनले उच्च शिक्षा भारतको बेङ्लोरबाट सम्पन्न गरेका हुन् । शैक्षिक पृष्ठभूमि,अनुभव र व्यावहारिक नेतृत्व क्षमताका कारण गुरुकुल एकेडेमीले भण्डारीबाट संस्थाको शिक्षण गुणस्तर,प्रशासनिक कार्यक्षमता र समग्र शिक्षण वातावरणमा सकारात्मक परिवर्तन हुने विश्वास व्यक्त गरेको छ ।
त्यस्तै नयाँ नियुक्त प्रधानाध्यापक भण्डारीले गुरुकुल एकेडेमीलाई शैक्षिक उत्कृष्टताको नमूना विद्यालयका रुपमा रुपान्तरण गर्न दीर्घकालीन कार्ययोजना अघि सार्ने तयारी गरेको विद्यालय स्रोतले जानकारी दिएको छ । उनले कक्षा १ देखि १० सम्म ‘सीख्दै–सिकाउँदै’ अभ्यासमुखी शिक्षा लागू गर्ने, प्रत्येक कक्षामा प्रोजेक्ट–भित्रीकृत अध्ययनलाई अनिवार्य बनाउने र विद्यार्थीको सिकाइभन्दा व्यवहारिक जीवन सीपमा जोड दिने योजना अघि सारेका छन् ।
त्यसैगरी,शिक्षक क्षमता अभिवृद्धि कार्यक्रमलाई मासिक रुपमा निरन्तरता दिने,अभिभावकसँग नियमित संवाद बढाउने,प्रगतिशील मूल्यांकन प्रणालीलाई सुदृढ बनाउने तथा ग्रामीण र सीमान्तकृत विद्यार्थीलाई लक्षित सहयोग कार्यक्रम सञ्चालन गर्ने योजना पनि उनले प्रस्तुत गरेका छन् ।विद्यालयमा डिजिटल क्लासरुम विस्तार,विज्ञान तथा भाषा प्रयोगशाला सुदृढीकरण र सह–पाठ्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।
