
lnp
Dus
Lnp
Ggp
Lks
Jns
Rgp
Ggp
Asb
Sgp
Rgp
ksb
Rgp
Rgp
Usb

lms

काठमाडौं । आजदेखि सेवा निवृत्त भएका नेपाल प्रहरीका आइजिपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ।
भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको आजको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो । साथै आयोगको अनुमतिबिना खापुङ काठमाडौं उपत्यका छाडेर बाहिर जान पनि पाउने छैनन् ।
त्यस्तै सरकारले जेनजी पुस्ताको आन्दोलनका घटनाबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग बनाएको छ । उक्त आयोगले तत्कालीन प्रधानमन्त्री, एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि आयोगको अनुमतिबिना काठमाडौं छाड्न नपाउने भनेको छ ।
