
Sgp
Lnp
Dbs
Rgp
Lks
Usb
Dus
Rgp
Pbu
ksb
lnp
Jns
Rgp
Rgp
Asb
Ggp
Ggp


बाँके । प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्ले जिल्ला प्रहरी कार्यालय बाँकेको अनुगमन गरेका छन् ।
अधिकारी तामाङले बस्तु स्थिति निरीक्षण गर्नुका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई पारदर्शि रुपमा नागरिक मैत्री सेवा प्रवाह गर्न स्थान विशेषका समस्या पहिचान गरी समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभाव कारी रुपमा संचालन गर्दै लैजानु पर्ने बताएका हुन् ।
लागू औषध दुर्व्यसन,ओसार पसार लगायत सिमावर्ती अपराध नियन्त्रण र न्यूनिकरणमा सक्रियताका साथ अगाडि बढ्दै समाजमा शान्ती सुव्यवस्था र शुसासन कायम गर्ने कार्यमा उच्च मनोबल र दक्षताका साथ परिचालन हुन निर्देशन दिए । साथै,उक्त कार्यक्रममा यस कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक पातलीले समग्र बस्तुस्थिति समेटिएको प्रस्तुतिकरण प्रस्तुत गरेका थिए भने अन्त्यमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापनका साथै कार्यक्रमको सामपन गरेका थिए ।
