
Usb
ksb
Lnp
Dus
lnp
Asb
Ggp
Jns
Lks
Rgp
Rgp
Rgp
Rgp
Ggp
Sgp

lms

हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले हुम्लाको विभिन्न स्थानहरुबाट ठुलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएपसी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले विभिन्न स्थानहरुबाट ३५१ कार्टुन अवैध चिनियाँ मदिरा बरामद गरेको हो । चार हजार २१२ बोतल अवैध चिनियाँ मदिरा विभिन्न स्थानहरुबाट बरामद गरको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।
यस्तै हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाडकेर्मी, तुम्कोट लगायतका स्थानबाट अवैध चिनियाँ मदिरा बरामद गरेको बताए । प्रतिबोतल ४ सयका दरले १६ लाख ८४ हजार ८०० बराबर मूल्यको चिनियाँ मदिरा मंगलबार राति १२ बजे बरामद गरेको डीएपसी पोखरेलले जानकारी दिए ।
त्यस्तै बेवारिसे रुपमा भेटिएका २ हजार २२ लिटर अवैध अखाद्य चिनियाँ मदिरा बरामद गरेको बताए । यसलाई नष्ट गरिने डीएपसी पोखरेलले बताए ।अनलाइनखबर
