
Sgp
Ggp
Usb
lnp
ksb
Rgp
Rgp
Asb
Rgp
Lnp
Dus
Rgp
Ggp
Lks
Jns

lms

दाङ । लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पुर्वको भुमे गाउँपालिका वडा नम्बर–२,घर भई अहिले तुलसीपुर उपमहानगरपालिका–१७ हेमन्तपुर बस्दै आएका २३ बर्षीय निस्मत गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार घोराही उप–महानगरपालिका–१४ नयाँ बसपार्कस्थित रोल्पा थवाङी शिरिषा होटेलमा लागु औषध ब्राउन सुगरको कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै उक्त होटेलको भुईतलाको १ नम्बर कोठामा शंकाष्पद अवस्थामा बसिरहेका उनलाई खानतलासी गर्दा ब्राउन सुगर १ ग्राम ४५० मिलिग्राम भेटिएपछी बरामद गरिएको प्रहरीले जनाएको छ । अदालतबाट ५ दिनको म्याद थप गरी उनीमाथी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
