Sidha Patra सोमबार, कार्तिक १७, २०८२

संखुवासभा । संखुवासभाको चैनपुरमा आपराधिक लाभ कसुरमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै पक्राउ पर्नेहरुमा प्युठान घर भई हाल चैनपुरमा बसोबास गर्दै आएका ३० वर्षीय केबी पुन मगर, चैनपुर नगरपालिका वडा नम्बर–७,का २५ वर्षीय लब आले मगर,३१ वर्षीय युवराज पिठाकोटे मगर, २५ वर्षीय राजु (यमसिख यसमाली) मगर,२५ वर्षीय प्रदीप समाल मगर र २९ वर्षीय ऐम बिरेन (यसमाली) मगर रहेका छन् ।

इलाका प्रहरी कार्यालय चैनपुरका अनुसार कात्तिक १२ गते राति करिब १० बजे सुनसरी गढी गाउँपालिका–५,घर भई हाल चैनपुरमा डेरा गरी बस्ने अक्षय चौधरीमाथि ती व्यक्तिहरुले मोटरसाइकल रोकेर कुटपिट गरेका थिए । घटनाका क्रममा समूहले चौधरीको मोटरसाइकलको चाबी खोसी जबरजस्ती पदमबहादुर यसमाली मगरको घरमा लगेर सिसाको बोतल फुटाउँदै ज्यान मार्ने धम्की दिएका र त्यस क्रममा चौधरीलाई बलजफ्ती भिडियो खिचिएको प्रहरीले जनाएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी कुमारप्रसाद मैनालीका अनुसार उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै समूहले चौधरीबाट जबरजस्ती ८१ हजार एक सय ४५ रुपैयाँ असुल गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

त्यस्तै पीडितले दिएको जाहेरीका आधारमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट सबै अभियुक्तलाई नियन्त्रणमा लिएर ३८ हजार चार सय ७० रुपैयाँ नगदसमेत बरामद गरेको डीएसपी मैनालीले जानकारी दिए । यस्तै पक्राउ परेकामाथि ‘आपराधिक लाभ कसुर’अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]