Sidha Patra सोमबार, कार्तिक १७, २०८२

काठमाडौँ । रुपन्देही र सिराहामा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर –९,भलुही गौशालास्थित सडकमा बुटवलबाट खैरेनीतर्फ आउँदै गरेको लु.५९ प ५१०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

त्यस्तै मृत्यु हुनेमा देवदह नगरपालिका–५ मितेरी टोल बस्ने २९ वर्षीय मदन पौडेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै सिराहाको नरहा गाउँपालिका–३ चोहर्वास्थित सडकमा मधेस प्रदेश ०१–००१ ज ०११२ नम्बरको विङ्गरले स.२ प ९५३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक अर्नमा गाउँपालिका–३ बस्ने ५० वर्षीय बच्चु महतो कोइरीको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको अनुराधा हेल्थ केयर अस्पताल नयाँ चोहर्वामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको न्युरो अस्पताल विराटनगरमा थप उपचार भइरहेको छ । दुवै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]