
Sgp
Lks
Dus
Jns
Lnp
Ggp
Rgp
Pbu
Rgp
Ggp
ksb
lnp
Dbs
Rgp
Asb
Rgp
Usb


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार एक कार्यक्रम सहित भ्रमणका लागि कतार प्रस्थान गरेका छन् । आज बिहान ९ : १० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गरेका हुन् ।
त्यस्तै उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।
यस्तै राष्ट्रपति पौडेल सहितको टोलीले यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ । गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय गरेको थियो ।
