
Csbus
Gsl
Gsbus
Ddhbs
Bksbus5
dsbus
Ratbs
Amb
Nssbus7
Jsbus
Rbs
Ssbus
Pbu
gms

Pvg
Ssm
Asm
Wsp
Hal
nsb
Ksm
Sls
Ggd
Rgs
Tsm
Rgu
Rgu
Sbs
Bbu
Rsb
Gst
Bbbpu
Vor

Pls
Bml
Syp
Gsb
bbt
Ptm
Jmb
Mks
Rpp
Jmb
sab
Abd
Rmb
दाङ । तुलसीपुर स्थित ज्ञान ज्योति फाउन्डेसनले आफ्नो एमबिए कार्यक्रमको पहिलो ब्याचमै उल्लेखनीय सफलता हात पारेको छ । पहिलो वर्षमै विद्यार्थीहरुले ल्याएको उत्कृष्ट नतिजाले संस्थाको शैक्षिक प्रतिष्ठा झनै माथि उकासेको छ ।
मंगलबार सार्वजनिक गरिएको एमबिए प्रथम सेमेस्टरको नतिजामा ज्ञान ज्योतिकी छात्रा वर्षा केसीले ३.६७ जीपीए प्राप्त गर्दै अव्वल स्थान हासिल गरेकी छन् । सो सँगै अन्य विद्यार्थीहरुले पनि उत्कृष्ठ नतिजा ल्याउँदै विद्यालयको नाम उजिल्याएका छन् ।
फाउन्डेसनका सिइओ सुरेन्द्र जिसीका अनुसार यो सफलता कुनै संयोग होइन,बरु विद्यालयको दूरदर्शी नेतृत्व,सबल व्यवस्थापन, दक्ष र अनुभवी शिक्षक –शिक्षिकाको निरन्तर परिश्रम र विद्यार्थीहरुको अनुशासन,लगनशीलता र प्रतिबद्धताको प्रतिफल हो । “हामी गुणस्तरीय शिक्षा र व्यावहारिक ज्ञान दुवैमा समान जोड दिन्छौं,” जिसीले भने, “त्यही कारणले ज्ञान ज्योति आज प्रदेश र पश्चिम नेपालमा शैक्षिक उत्कृष्टताको पर्याय बनेको छ ।”
एमबिएसँगै विद्यालयले बिबिए,बिसिए,बिएस्सी– सीएस आईटी, बिबिएस,बिएस्सी र बिए कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । निरन्तर उत्कृष्ट नतिजा, व्यवस्थापनमा पारदर्शिता र शिक्षणमा नवीनता अपनाउने नीति भएकै कारण ज्ञान ज्योति फाउन्डेसन पश्चिम नेपालको उत्कृष्ट शिक्षण संस्थामध्ये एकका रुपमा स्थापित भएको विद्यालयले जनाएको छ ।तुलसीपुरखबर
