
Bsn
Usb
Ksb
Nsb
Rsb
Ssb
Tgp
Ssb
Ksb
Ppu
Rks
Ksb
Gsb
Csb

Tsb
Hl1
Ssb
Usb
Gsb

Nps
Rgu
ptl
दाङ । राजपुर गाउँपालिका वडा नम्बर –७, भौवास्थित शिवशक्ति माध्यमिक विद्यालयमा अध्ययनरत सृष्टि खत्रीलाई “तुलसीराम नेपाली जेहेन्दार छात्रवृत्ति” प्रदान गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक लीलाधर विकका अनुसार सृष्टिले २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गरेकी थिइन् । उनलाई प्रोत्साहनस्वरुप नगद ७ हजार रुपैयाँसहितको छात्रवृत्ति प्रदान गरिएको हो ।
स्वर्गीय तुलसीराम नेपालीको सम्झनामा उनका पिता जीतबहादुर नेपालीले २०८० सालमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका थिए । सो कोषबाट प्राप्त हुने ब्याज रकमबाट प्रत्येक वर्ष एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई यो पुरस्कार प्रदान गर्ने परम्परा रहेको विद्यालयले जनाएको छ ।
त्यस्तै छात्रवृत्ति वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगल खड्काको अध्यक्षता तथा अक्षयकोष दाता जीतबहादुर नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक,अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लीलाधर विकले अक्षयकोष स्थापनाको उद्देश्य,पुरस्कारको महत्व तथा स्वर्गीय तुलसीराम नेपालीको जीवनीबारे प्रकाश पारेका थिए । सोही अवसरमा कार्यक्रमको सञ्चालन शिक्षक नन्दराम वलीले गरेका थिए ।
