
Sds
Rbs
Pbu
Gisld
Mbdvs
mbd

Ksm
Wsp
nsb
Asm
Rgu
Rsb
Sls
Rgs
Hal
Bbbpu
Vor
Tsm
Bbu
Rgu
Gst
Ssm
Pvg
Ggd
Sbs

Abd
Jmb
Syp
Gsb
Bml
sab
Pls
Rmb
Jmb
bbt
Mks
Ptm
Rpp
सुर्खेत । सुर्खेत नेपालगंज सडक खण्डमा नेपालगंज देखी जहरे सम्मको लागी जाँदै गरेको बसमा यात्रा गरिरहेका एक युवालाई लागु औषध सहित प्रहरीले पक्राउ गरेको छ । सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं. ९ बस्ने अन्दाजी बर्ष १९ को गणेश थापालाई लागुपदार्थ सहित पक्राउ गरेको हो ।
कर्णाली प्रदेश प्रहरी ब्युरोको टोली र कर्णाली प्रदेश लागुऔषध व्युरो र ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतको संयुक्त टोलीले सुर्खेत नेपालगंज सडक खण्डमा नेपालगंज देखी जहरे सम्मको लागी जाँदै गरेको बा ४ ख १९६१ नं. को यात्रुबाहक हाईस रोकी चेकजाँच गर्ने क्रममा सोहि गाडिमा सवार रहेका थापालाई शंका लागि गाडिबाट ओराली खान तलासी गर्दा लागुपदार्थ भेट्टिएको हो । उनले लगाएको जकेटको बाँया पट्टिको खल्तिमा लुकाई छिपाई राखेको ३ वटा प्लाष्टिकको पोका बनाई राखेका नापतौल गर्दा प्लाष्टिक सहित ३ ग्राम ४७० मिलीग्राम र खाली धुलो पदार्थ मात्र ३ ग्राम १२० मिलीग्राम लागुऔषध ब्राउन सुगर र नाईट्राभेट ट्याब्लेट ३ पत्ता सोहि भित्र २९ वटा ट्याब्लेट, प्रोक्सिवेल स्पास नामक ३ पत्ता सो भित्र २४ ट्याब्लेट, सोहि खल्तिबाट प्रोक्सिवोन प्लस ट्याब्लेट १ पत्ता सो भित्र १६ वटा ट्याब्लेट र पाईन्टको पछाडीको खल्तीबाट नेपाली रुपयाँ रु.१५०५ र भिभो कम्पनिको मोबाईल १ थान फेला परेको हो ।
उनको साथबाट उक्त लागुऔषध ब्राउन सुगर र नाईट्राभेट ट्याब्लेट बरामद गरी आवश्यक अनुसन्धान भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले जनाएके छ ।
