
Ksb
Bsn
Gsb
Ksb
Ssb
Usb
Rks
Ssb
Ppu
Ksb
Csb
Nsb
Tgp
Rsb

Tsb
Gsb
Hl1
Usb
Ssb

Rgu
ptl
Nps
दाङ । हालैको जेनजी आन्दोलनका क्रममा पूर्ण रुपमा जलेर नष्ट भएका तुलसीपुर उपमहानगरपालिकाका दुई भवन र सम्पूर्ण कार्यालय सामग्रीको क्षतिपछि,ज्ञानज्योती एजुकेसन प्रालिले उपमहानगरपालिकालाई अत्यावश्यक सामग्री सहयोग गरेको छ।
संस्थाले एक कार्यक्रमका बीच उपमहानगरलाई कम्प्युटर ९ थान, प्रिन्टर ४ थान, स्क्यानर ३ थान, दराज १० थान, कर्सी १२ थान, सोफा २ थान र प्लास्टिक कुर्सी २० थान हस्तान्तरण गरेको हो।
त्यस्तै सामग्री हस्तान्तरण गर्दै ज्ञानज्योती एजुकेसन प्रालिका सिइओ सुरेन्द्र जिसीले यस्ता आपतकालीन परिस्थितिमा सबैले आ-आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले थपे,“संकटकालीन अवस्थामा सरकार र समुदायलाई सहयोग गर्नु हाम्रो सामाजिक जिम्मेवारी हो।”
यस सहयोगले उपमहानगरको पुनःसञ्चालनमा केही सहजता ल्याउने विश्वास गरिएको छ। हाल उपमहानगरपालिकाले अस्थायी टहरा मार्फत सेवा प्रवाह गरिरहेको छ।
