
Mbdvs
Sds
Gisld
Pbu
mbd
Rbs

Bbu
Rsb
Asm
Rgs
Rgu
Sls
Pvg
Hal
Ssm
Tsm
Ggd
Gst
Sbs
nsb
Ksm
Wsp
Rgu
Bbbpu
Vor

Pls
sab
Jmb
Rmb
Jmb
Syp
bbt
Gsb
Rpp
Ptm
Bml
Abd
Mks
दाङ । स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा राष्ट्रिय टेबुल टेनिस प्रतियोगिता तुलसीपुरमा हुने भएको छ । दाङ जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा यही चैत १६ गतेदेखि २० गते सम्म प्रतियोगिता हुन भएको हो ।
त्यस्तै खेलाडीको मनोबल उच्च बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संघका अध्यक्ष बसन्त गिरीले आज पत्रकार सम्मेलन गरी जानकारी दिनु भएको छ । खेलमा प्रथम, द्धितीय र तृतिय हुनेलाई नगद,मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । साथै प्रथम हुने टिमलाई ३० हजार, मेडल तथा प्रमाणपत्र, द्धितीय हुने टिमलाई १५ हजार मेडल तथा प्रमाणपत्र र तृतीय हुने टिमलाई पाँच हजार मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।
त्यस्तै महिला एकल र पुरुष एकल तर्फ प्रथम हुनेलाई ४० हजार, द्धितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १० हजार प्रदान गरिने छ । त्यस्तै पुरुष जुनियर र महिला जुनियर तर्फ प्रथम हुनेलाई ३० हजार, द्धितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई माँच हजार प्रदान गरिने छ । साथै पुरुष जुनियर र महिला जुनियर टिम तर्फ प्रथम हुनेलाई २० हजार, द्धितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार प्रदान गरिने छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित टेबल टेनिस कर्भड हलमा हुने भएको दिएको छ । साथै खेलाडीहरुका लागि यातायात र खाना बस्नको व्यवस्था रहेको बताएको छ । कार्यक्रमको सहजिकरण संघका सल्लाहाकार अरुण लहरेले गर्नु भएको थियो ।
