हेमराज शर्मा आइतबार, आश्विन ०४, २०८२

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५, काठेकोलमा रहेको सरस्वती माध्यमिक विद्यालयले आज आइतबार एक कार्यक्रमको आयोजना गरी सेवा निबृत्त दुई जना शिक्षकलाई बिदाई गरेको छ ।

सेवा निबृत्त शिक्षकद्धय दिपककुमार श्रेष्ठ र सावित्री श्रेष्ठलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो । दुवै शिक्षकलाई फूल माला, दोसल्ला ओढाउनुका साथै मायाको चिनो प्रदान गरी बिदाई गरिएको थियो । उनिहरुलाई विद्यालयका तर्फबाट विद्यालयका निमित्त प्रधानाध्यापक प्रकाश डाँगीले माला,दोसल्ला र मायाको चिनो प्रदान गरेका थिए ।

त्यस्तै निमित्त प्रधानाध्यापक डाँगीको सभापतित्वमा भएको कार्यक्रममा बिदाई भएर जान लाग्नु भएका विद्यालयका शिक्षकहरु दिपककुमार श्रेष्ठ र सावित्री श्रेष्ठले बिदाई मन्तब्य ब्यक्त गरेका थिए । तीन दशक भन्दा बढी सेवा गर्नु भएका दुवै शिक्षकले बिदाई कार्यक्रममा बोल्दै आफूहरुले यस विद्यालयबाट धेरै कुरा सिकेको भन्दै विद्यालयलाई बिर्सन नसक्ने बताए । विदाई कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक,कर्मचारी र विद्यार्थीहरुले फूल माला लगाएर दुवै जना शिक्षकलाई बिदाई गरेका थिए ।

यसैबिच विद्यालयले आजै विद्यालयमा दशै, तिहार र छठ पर्वको अवसरमा सांस्कृति एंव शुभकामना आदानप्रदान कार्यक्रम पनि गरेको छ । सो अवसरमा विद्यार्थीहरुले गित,नृत्य,कविता प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक राजेश केसीले गरेका थिए । सरस्वती माध्यमिक विद्यालयमा काठेकोलमा नर्सरीदेखि १० कक्षासम्म नेपाली र अग्रेजी माध्यमका दुवै कक्षा सञ्चालमा छन् । कक्षा ११ र १२ मा ब्यवस्थापन र शिक्षा संकाय सञ्चालनमा छन भने प्राविधिक धारतर्फ विद्यालयमा अहिले तीन वर्ष डिप्लोमा तह सूचना प्रबिधि र २४ महिने निशुल्क आई टि र बाल बिकास सहजकर्ता कार्यक्रम संचालनमा रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]