आलोक भाबुक/गढवा सोमबार, भाद्र २९, २०८२

दाङ । क्रियटिङ पोसिबिलिटिज नेपालको आयोजनामा र टेस्ला साइन्स सेन्टरको समन्वयमा गढवा गाउँपालिकाभित्रका कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुलाई लक्षित गर्दै प्रयोगमा आधारित खगोल साक्षरता कक्षा अभियान संचालन गरिएको छ ।

कक्षा संचालन नासाको स्पेस एप्स च्यालेन्जका नेभिगेटर तथा इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनका सिटिजन साइन्टिस्ट अरुण लोहारले गरिरहेका छन् । उनले सन् २०२१ मा नासाको स्पेस एप्स च्यालेन्जमा सहभागी भई विश्वभरका वैज्ञानिक, प्रोग्रामर र इनोभेटरहरुसँगै ग्लोबल सिटिजन साइन्स प्रोजेक्टमा विभिन्न समस्या समाधानमा योगदान पुर्याउदै आएका छन् ।

त्यस्तै खगोल विज्ञानबारे जनचेतना फैलाउन लोहारले लेक्चर सेसन र नाइट अब्जर्भेसन गरी दुई तरिका अपनाउँदै आएका छन् । लेक्चर सेसनमा विद्यालयमै ४० मिनेटको कक्षा लिई ब्रह्माण्डको उत्पत्ति, ताराको जन्म र मृत्यु, उल्कापिन्ड, रकेट साइन्स तथा स्याटेलाइट प्रविधिबारे सरल तरिकामा प्रस्तुत गरिन्छ । “हामी बच्चाको उमेर र बुझ्ने क्षमताअनुसार कक्षा बनाउँछौं । सानालाई सरल, ठूलालाई गहन तरिकाले बुझाउँछौं,” उनले बताए । नाइट अब्जर्भेसनमा भने टेलिस्कोप मार्फत विद्यार्थीहरुलाई चन्द्रमा, ग्रह र ताराहरू प्रत्यक्ष अवलोकन गराइने गरिएको छ ।

यस्तै “विद्यार्थीहरुले विज्ञानलाई बुझ्ने दृष्टिकोण फरक बनोस्,ब्रह्माण्ड,तारा,टेलिस्कोप लगायतका विषयलाई पुस्तकमा मात्र होइन,प्रत्यक्ष अभ्यास मार्फत बुझ्न सकून् भन्ने उद्देश्यले टेस्ला साइन्स सेन्टर र विभिन्न विद्यालयहरुसँग मिलेर यो अभियान सञ्चालन गरिएको क्रियटिङ पोसिबिलिटिज नेपालका कार्यक्रम अधिकृत हेमराज शर्माले जानकारी दिए । उनका अनुसार अहिलेसम्म करिब १४०० विद्यार्थी यस अभियानबाट लाभान्वित भएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]