
lnp
Rgp
Rgp
Sgp
Lnp
Ggp
Usb
Lks
Rgp
Asb
Jns
Dus
Rgp
Ggp
ksb

lms

नयाँ दिल्ली । बम राखिएको भन्ने सूचना आएपछि दिल्ली उच्च अदालतमा भागाभाग भएको छ । धम्की आउने बित्तिकै न्यायाधीशहरुले केही समयको लागि अदालतको कारबाही रोकेका थिए ।
धम्कीपूर्ण मेल आउने बित्तिकै दिल्ली प्रहरीले कारबाही गर्दै अदालत खाली गरेको समाचारमा उल्लेख छ । मेल कसले पठाएको हो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन । सो धम्कीपूर्ण मेल हाई कोर्टका रजिस्ट्रार जनरल अरुण भारद्वाजको मेलामा आएको थियो ।
सुरक्षा एजेन्सीले हाई कोर्टको पुरानो भवनका कर्मचारीलाई तुरुन्तै भवनबाहिर आउन भनेका थिए । सुरक्षा निकायले अदालतभित्र जाँच गरिरहेको र अदालती काम कारबाही साढे २ बजे मात्रै पुनः सुचारु हुने बताइएको छ ।
