
Bksbus5
Ddhbs
Gsl
Amb
Ratbs
syysr
Nssbus7
Rbs
gms
Gsbus
Pbu
Ssbus
dsbus
Syees
Jsbus
Csbus

Rgs
nsb
Ggd
Ssm
Sls
Rgu
Ksm
Bbu
Gst
Hal
Pvg
Rsb
Bbbpu
Tsm
Rgu
Vor
Wsp
Asm
Sbs

Bml
Rmb
Jmb
Jmb
Pls
Rpp
Gsb
Abd
bbt
sab
Ptm
Mks
Syp
काठमाडौं । पाकिस्तानको उत्तर क्षेत्रमा रहेको गिलगिट– बल्तिस्तानको दिआमेर जिल्लामा सोमबार बिहान एक सरकारी हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै पाँच जनाको मृत्यु भएको छ।
दिआमेरका वरिष्ठ प्रहरी अधिकारी अब्दुल हमिदका अनुसार,उक्त हेलिकप्टर एक पहाडी पर्यटकीय क्षेत्रमा नयाँ प्रस्तावित हेलिप्याडमा परीक्षण अवतरण गरिरहेका बेला दुर्घटनाग्रस्त भएको हो।
मृतकमध्ये दुई जना पाइलट र तीन जना प्राविधिक कर्मचारी रहेका छन्। दुर्घटना स्थानीय समयअनुसार बिहान करिब १० बजे भएको जनाइएको छ। यो हेलिकप्टर गिलगिट–बल्तिस्तान सरकारको स्वामित्वमा रहेको थियो ।
त्यस्तै यस घटनाले केही साता अघिको अर्को दुर्घटनालाई पुनः स्मरण गराएको छ, जसमा खैबर पख्तुनख्वा प्रान्तमा बाढी राहत कार्यमा खटिएको एक एमआई–१७ हेलिकप्टर दुर्घटना हुँदा पाँच जना चालक दलका सदस्यको ज्यान गएको थियो।
पछिल्ला वर्षहरूमा पाकिस्तानमा हेलिकप्टर दुर्घटनाका धेरै घटना भएका छन्। सन् २०२२ मा बाढी राहत कार्यकै क्रममा बलुचिस्तानमा भएको अर्को दुर्घटनामा पाँच जना सैनिक र एकजना उच्च सैनिक अधिकारीको मृत्यु भएको थियो।देशसन्चार
