
Rbs
Sds
mbd
Mbdvs
Gisld
Pbu

Bbbpu
Wsp
nsb
Tsm
Rgu
Gst
Ssm
Rsb
Asm
Vor
Sbs
Rgs
Ksm
Hal
Sls
Bbu
Ggd
Pvg
Rgu

Abd
Pls
Mks
Ptm
Jmb
sab
Jmb
Bml
Gsb
bbt
Rpp
Syp
Rmb
काठमाडौं । जापानमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । त्यहाँको स्थानीय समयअनुसार गएराति ११ बजेर ८ मिनेटमा फुकुसीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । प्रशान्त महासागरको ५४ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गए पनि सुनामी आउन सक्नेबारे भने कुनै चेतावनी दिइएको थिएन ।
त्यस्तै सुनामी अर्थात् समुद्री छालको खतरा नभए पनि अबको एक हप्तासम्म ठूला पराकम्प आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन त्यहाँको मौसमी विभागले आग्रह गरेको छ । भूकम्पका कारण अहिलेसम्म जापानमा १ सय बढी व्यक्ति घाइते भएका छन् । भूकम्प जाँदा भाग्ने क्रममा लडेर र सामानहरुमा ठोक्किएर उनीहरु घाइते भएको जापानका विभिन्न सञ्चारमाध्यमले जनाएको छ । यस्तै भूकम्पले भौतिक रुपमा विभिन्न ठाउँमा माटोका ढिस्काहरु खस्नुका साथै सडकहरु पनि भासिएका छन् । भूकम्प जाने बित्तिकै मौसम विभाग र अरु सरोकारवाला सहितको आकस्मिक बैठक बसेर विशेष टास्क फोर्स निर्माण गरेर उद्धार तथा क्षति न्यूनीकरण गर्ने प्रयास भइरहेको बुझिएको छ ।
