Sidha Patra आइतबार, फाल्गुण ०२, २०७७

काठमाडौं । जापानमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । त्यहाँको स्थानीय समयअनुसार गएराति ११ बजेर ८ मिनेटमा फुकुसीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । प्रशान्त महासागरको ५४ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गए पनि सुनामी आउन सक्नेबारे भने कुनै चेतावनी दिइएको थिएन ।

त्यस्तै सुनामी अर्थात् समुद्री छालको खतरा नभए पनि अबको एक हप्तासम्म ठूला पराकम्प आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन त्यहाँको मौसमी विभागले आग्रह गरेको छ । भूकम्पका कारण अहिलेसम्म जापानमा १ सय बढी व्यक्ति घाइते भएका छन् । भूकम्प जाँदा भाग्ने क्रममा लडेर र सामानहरुमा ठोक्किएर उनीहरु घाइते भएको जापानका विभिन्न सञ्चारमाध्यमले जनाएको छ । यस्तै भूकम्पले भौतिक रुपमा विभिन्न ठाउँमा माटोका ढिस्काहरु खस्नुका साथै सडकहरु पनि भासिएका छन् । भूकम्प जाने बित्तिकै मौसम विभाग र अरु सरोकारवाला सहितको आकस्मिक बैठक बसेर विशेष टास्क फोर्स निर्माण गरेर उद्धार तथा क्षति न्यूनीकरण गर्ने प्रयास भइरहेको बुझिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]