
Gsbus
Ddhbs
Bksbus5
Pbu
dsbus
Ratbs
Jsbus
gms
Amb
Nssbus7
Ssbus
Rbs
Gsl
Csbus

Bbu
Rsb
Rgu
Tsm
Asm
Sbs
Vor
Rgu
Ssm
Wsp
Sls
Rgs
Hal
Gst
Pvg
Bbbpu
Ggd
Ksm
nsb

Abd
sab
Syp
Jmb
Ptm
Rpp
Bml
Pls
Gsb
bbt
Rmb
Jmb
Mks
दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कुल विज्ञान र व्यवस्थापन संकायमा देउखुरी क्षेत्रमै प्रथम हुन सफल भएको छ ।
सोमबार सार्वजनिक भएको कक्षा १२ को नतिजा अनुसार विज्ञान संकायमा १०० र व्यवस्थापन संकाय तर्फ १४४ गरि २४४ जना विद्यार्थी उत्तीर्ण गराउदै विद्यालय देउखुरी प्रथम भएको हो । विद्यालयका प्रिन्सिपल लोकमान रिजालका अनुसार यो सफलता विद्यालयको गुणस्तरीय पठनपाठन,दक्ष शिक्षक टोली,नवीनतम शिक्षण प्रविधि र विद्यार्थीको निरन्तर परिश्रमको प्रतिफल रहेको बताए ।
विद्यालयले विज्ञान संकायमा नवप्रवर्तनशील अभ्यासहरु अपनाउँदै आएको छ । जसले गर्दा विद्यार्थीको बौद्धिक क्षमतामा उल्लेखनीय वृद्धि भएको देखिएको विद्यालयले जनाएको छ ।
त्यस्तै गत शैक्षिक सत्रमा उक्त संकायमा अध्ययनरत धेरै विद्यार्थीहरुले ‘ए’ प्लस ग्रेड ल्याउन सफल भएका छन् । विद्यालयले सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक कार्यहरुमा पनि जोड दिँदै आएको छ । यसले विद्यार्थीलाई व्यवहारिक ज्ञानमा सशक्त बनाएको पाइएको छ । स्थानीय तहका शिक्षा प्रेमी,अभिभावक तथा विद्यार्थीहरु यो उपलब्धिमा गौरव अनुभव गर्दै विद्यालयप्रति कृतज्ञता प्रकट गरेका छन् ।
यस्तै विद्यालयले आगामी दिनहरुमा पनि गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकता दिँदै,देशमै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धताका साथ अघि बढिरहेको जनाएको छ ।
