
Ksb
Usb
Rks
Rsb
Tgp
Bsn
Gsb
Nsb
Ppu
Ssb
Fmb
Ssb
jsb
Ksb
Ksb
Csb

Tsb
Gsb
Ssb
Usb
Hl1

ptl
Nps
Rgu
नवलपरासी । नवलपरासीको झरही खोलामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर– १, झरही खोलामा भएको दुर्घटनामा प्रतापपुर गाउँपालिका– ४, पाचपेडा बस्ने वर्ष २१ का भोला राजभर र रामग्राम नगरपालिका– १५, डिगौल बस्ने १८ वर्षका राहुल राजभरको मृत्यु भएको हो ।
महेशपुर–भुजहवा भित्री सडक खण्डको मोडमा ओभरटेक गर्ने क्रममा लु २ ख ६५४ नम्बरको बसले भोला र राहुल सवार लु ४७ प ४८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले बताए ।
त्यस्तै दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी पुर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातोपाटी
