
bpmhl
Bksbus5
Pbu
Lsbus
Jsbus
Rsbus
Csbus
Ksbus
Gsbus
Ssbus
Gsl
Nssbus7
dsbus
Ksbus
gms
Ksbus
Ssbus
Ssbus
Bsbus

Tsm
Wsp
Rgs
Gst
Sls
Rgu
nsb
Vor
Rsb
Bbbpu
Hal
Ssm
Ksm
Asm
Bbu
Sbs
Pvg
Ggd
Rgu

Jmb
Ptm
Syp
Pls
Jmb
Bml
Rmb
Rpp
Abd
Gsb
Mks
bbt
sab
सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागुऔषध (ट्रमाडोल) सहित ४ जनालाई पक्राउ गरेको छ ।
तीन जनालाई वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० नयाँ गाउँबाट र एक जनालाई वीरेन्द्रनगरकै गौरीशंकरबाट मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै पक्राउ पर्नेहरुमा कालिकोटको रास्कोट नगरपालिका–४ घर भई हाल वीरेन्द्रनगर–२ मा बस्दै आएका १८ वर्षीय सुनिल शाही,कालिकोटकै तिलागुफा गाउँपालिका वडा नम्बर–३ घर भई हाल वीरेन्द्रनगर–२ मै बस्ने १९ वर्षीय नवराज बोहरा र दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ घर भई हाल वीरेन्द्रनगर–३ मा बस्ने १८ वर्षीय दिनेश विष्ट रहेका छन् ।
यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढाथापाका अनुसार लागुऔषध (ट्रमाडोल) को कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
त्यस्तै प्रहरीले उनीहरुको साथबाट १७३ ट्याब्लेट ट्रमाडोल बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ ।
यस्तै वीरेन्द्रनगरकै गौरीशंकर टोलबाट पक्राउ परेका ४८ वर्षीय श्याम कुमार श्रेष्ठको साथबाट १ ग्राम २८० मिलिग्राम लागुऔषध बरामद गरिएको बुढाथापाले बताए । उनीहरुमाथि अहिले थप अनुसन्धान भइरहेको छ । रातोपाटी
