
tssbus
Sssbus1
Ssbus
ssbus
Ssbus
Gsl
Ssbus
Sssbus1
Pbu
nsm

Rgu
Ksm
Hal
Sls
Ssm
Vor
Gst
Bbbpu
Ggd
Bbu
Rgs
Pvg
Sbs
Rsb
Rgu
Asm
Wsp
nsb
Tsm

bbt
sab
Rmb
Jmb
Gsb
Pls
Abd
Jmb
Rpp
Ptm
Bml
Syp
Mks
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४ प्रसेनी स्थित दीपेन्द्र होमजुन माविमा नयाँ शैक्षिक संरचनाहरुको उद्घाटन गरिएको छ ।
गढवा गाउँपालिका वडा नम्बर ४ प्रसेनी स्थित दीपेन्द्र होमजुन माध्यमिक विद्यालयमा ६ वटा नयाँ कक्षाकोठा भवन,एक बालबालिका मैत्री शौचालय भवन र सुविधा सम्पन्न प्रारम्भिक बालविकास (ईसीडी) कक्षाकोठाको उद्घाटन भएको हो ।
क्रिएटिङ पोसिबिलिटीज नेपाल (सिपी नेपाल) को आर्थिक सहयोग तथा गढवा गाउँपालिकाको प्राविधिक सहयोगमा शैक्षिक भवन तथा बालमैत्री शौचालयको निर्माण भएको हो ।
एक करोड १९ लाख रुपैयाँको लागतमा सुविधा सम्पन्न बालबिकाश कक्षा, छात्र/छात्राका लागि बालमैत्री शौचालय भवन र ६ कोठे बिद्यालय भवनको निर्माण कार्य सम्पन्न पश्चात सोमबार उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सिपि नेपालले बिगत देखी नै उदाहरणीय नविनतम कार्यहरु गर्दै आएको बताउदै असाहाय,बिपन्न,गरिब परिवारका बालबालिकाहरु लाई नर्सरी देखि नर्सिङ सम्मको निशुल्क पठनपाठन लगायतका महिला शसक्तिकरण, आत्मनिर्भरका लागि ज्ञानसिप र रोजगार दिने जस्ता कैयम सामाजिक काममा निरन्तर अघि बढेको र गाउँपालिकाको पहिलो र प्रभावकारी कामगर्ने संस्थाकोरुपमा स्थापित भएको बताए । सिपि नेपालले शिक्षाको क्षेत्रमा शैक्षिक भवन निर्माण,विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु, लत्ताकपडा लगायतका थुप्रै सामाग्री सहयोग गर्दै उत्कृष्ट कार्य गर्दै आएको र त्यसबाट पालिका परिवार खुसी भएको बताए ।
सिपि नेपालले गढवामा गाउँपालिकामा रही गाउँपालिका संग सहकार्य गर्दै गरेको बिभिन्न कामहरु बाट आफु प्रभावित भएको आगामी दिनमा साथ सहयोग र सहकार्यका लागि पालिका सदैव तयार रहेको बताउनुभयो बताए । आफुले सिपि नेपाल पालिकाकै अंग भएको जस्तो महसुस गरेको र आगामी दिनमा शिक्षा स्वरोजगार र महिला शसक्तिकरणको क्षेत्रमा सहकार्य गर्दै अघि बढ्ने अवसरका लागि पालिका तयार रहेको पालिका अध्यक्ष पोख्रेलले बताए ।
नव निर्मित शैक्षिक भवनको उद्घाटन कार्यक्रममा बोल्दै क्रियटिङ पोसिबिलिटिज नेपालका महासचिव मन्दरशेखर बन्धोपाध्यायले निर्मित शैक्षिक भौतिक संरचनाहरु केवल भवन मात्र नभएर गाउँका बालबालिकाका लागि उज्वल भविष्यको आशा, सुरक्षित वातावरण र समुचित अवसरको प्रतीक भएको बताए । स्रोत र साधन अभावमा रहेका ग्रामीण क्षेत्रहरूमा यस्ता संरचनात्मक सुधारहरूले बालबालिकाको आत्मविश्वास बढाउन,शिक्षामा निरन्तरता दिन र उज्यालो भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने महासचिव बन्धोपाध्यायले बताए ।
त्यस्तै ६ कोठे शैक्षिक भवन निर्माणको लागत ८५ लाख ५१ हजार ८ सय ३८ रुपैयाँ, बालमैत्री शौचालयमा २० लाख ४ हजार ६ सय ५८ रुपैयाँ र सुविधायुक्त बालबिकाश (ईसिडि) निर्माण ७ लाख ११ हजार ५ सय ३२ रुपैयाँ, प्रशासनिक लागत ६ लाख ३१ हजार ९ सय ७० रुपैयाँ गरी कुल एक करोड १८ लाख ९९ हजार ९ सय ९८ रुपैयाँको लागतमा निर्माण भएको हो ।
कार्यक्रम क्रियटिङ पोसिबिलिटिज नेपालका महासचिव मन्दरशेखर बन्धोपाध्यायले अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।
भवन उद्घाटन कार्यक्रममा ४ नम्बर वडाध्यक्ष हरी भगत चौधरी, गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल,सिपि नेपालका निर्देशक दिनेशराज सापकोटा,लेखा अधिकृत सञ्जयराज शर्मा,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम यादव,सिपि नेपालकी विद्यार्थी संयोजक हीरा सापकोटा निरौला,गढवा गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक रबिलाल माझी, शिक्षक अभिभावक संघका अध्यक्ष चिन्ता प्रसाद पोख्रेल,शिक्षक अभिभावक सरोकारवाला लगायतको सहभागिता रहेको थियो ।
यस्तै सिपि नेपालकी दिपा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सिपि नेपालको महिला शसक्तिकरण कार्यक्रमकी संयोजक सरिता चौधरीले गरेकि थिइन् ।
