
Lks
Rgp
Rgp
Asb
Usb
Rgp
Lnp
lnp
Jns
ksb
Ggp
Dus
Ggp
Rgp
Sgp

lms

एजेन्सी । अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाबाट २०४ जनाको मृत्यु भएको छ ।
अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएको पुष्टि गरे। प्रहरी आयुक्तले भने, ‘केही बाँचेका हुन सक्छन् तर अहिलेसम्म हामीले २०४ जनाको शव निकालेका छौं ।’ मलिकले ४१ जनाको अस्पतालमा उपचार भइरहेको र राहत तथा उद्धार कार्य जारी रहेको बताए ।
त्यस्तै २४२ यात्रु र चालक दलका सदस्यहरु सवार विमान दिउँसो १:३८ बजे अहमदाबादबाट उडेको थियो। विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको थियो ।
यस्तै यो विमान बोइङ ७८७-८ विमान थियो। विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती,एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए ।
