
Bksbus5
Nssbus7
Csbus
Amb
Jsbus
Pbu
syysr
Gsl
Gsbus
dsbus
Syees
Rbs
gms
Ddhbs
Ratbs
Ssbus

nsb
Ssm
Rgu
Asm
Rgu
Rgs
Wsp
Pvg
Bbu
Hal
Gst
Sls
Sbs
Ksm
Tsm
Bbbpu
Rsb
Vor
Ggd

bbt
Jmb
sab
Jmb
Syp
Rmb
Pls
Ptm
Bml
Mks
Gsb
Rpp
Abd
काठमाडौँ । दक्षिण एसियाका दुई आणविक शक्ति सम्पन्न छिमेकी भारत र पाकिस्तान विनाशकारी युद्धको सँघारबाट पछि हट्न तयार भएका छन् ।
शनिबार अमेरिकाको मध्यस्थतामा उनीहरु तत्काल लडाइँ रोकेर वार्तामा बस्न तयार भएका हुन् । त्यसको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन् । ट्रम्पलगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि भारत र पाकिस्तान तत्काल युद्धविराम गरेर तटस्थ स्थानमा वार्तामा बस्न तयार भएको बताएका छन् ।
एक्समा रुबियोले लेखेका छन्, ‘भारत र पाकिस्तानका सारकार तुरुन्त युद्धविराम गरेर अनेकौँ विषयमा तटस्थ स्थानमा वार्ता सुरु गर्न सहमत भएका छन्।’ ‘शान्तिको मार्ग चुन्ने प्रधानमन्त्री मोदी र सरिफको बुद्धिमत्ता,विवेक र शासनकलाको सराहना गर्छौं,’ उनले थपेका छन्।
त्यस्तै सहमतिको पुष्टि पाकिस्तानी विदेशमन्त्री इसाक दारले पनि गरेका छन् । उनले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको बताएका छन् । ‘पाकिस्तान र भारतले तत्काल लागू हुनेगरी युद्धविराम गर्ने सहमति गरेका छन् । पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतासँग सम्झौता नगरी सधैँ शान्ति र सुरक्षाको प्रयास गर्दै आएको छ,’ उनले लेखेका छन् ।
यस्तै भारतीय विदेश सचिव विक्रम मिश्रीले पनि यसको पुष्टि गरेका छन् । उनले भारत र पाकिस्तानले शनिबार साँझ पाँच बजेबाट जल, थल र आकाशमा सैन्य कारबाही र गोलीबारी बन्द गर्ने सहमति भएको पनि बताएका छन् । ‘पाकिस्तानका डाइरेक्टर जनरल अफ मिलिट्री अपरेसनले भारतका समकक्षीले ३ः३५ बजे फोन गर्नु भएको थियो । उनिहरुबीच दुवै पक्षले गोलीबारी र सम्पूर्ण सैन्य कारबाही भारतीय समयअनुसार ५ बजे बन्द गर्ने सहमति भएको छ । आज, दुवै पक्षलाई सो समझदारी अनुरुपको निर्देशन दिइएको छ । उहाँहरुबीच मे १२ को मध्यान्न १२ बजे कुराकानी गर्ने सहमति भएको छ,’ मिश्रीले भने ।
त्यस्तै रुबियोका अनुसार उपराष्ट्रपति जेडी भान्स र उनले प्रधानमन्त्रीहरु नरेन्द्र मोदी र शहबाज सरिफका अलावा विदेशमन्त्री एस जयशंकर, पाकिस्तानी सेनाप्रमुख असिम मुनिर र दुवै देशका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र असिम मलिकसँग कुरा गरेका थिए ।
