
dsbus
Gsbus
Ddhbs
Bksbus5
Jsbus
Gsl
Amb
Pbu
gms
Nssbus7
Ssbus
Ratbs
Csbus
Rbs

Asm
Rgs
Tsm
Gst
Pvg
Rgu
Vor
Wsp
Ssm
Hal
Ksm
Rsb
Sls
Rgu
Bbu
Sbs
Bbbpu
Ggd
nsb

bbt
Jmb
Jmb
Bml
Rmb
sab
Abd
Mks
Gsb
Rpp
Ptm
Pls
Syp
दाङ । तुलसीपुरमा शिक्षकलाई धारिलो हतियार प्रहार गरेर फरार रहेका युवक पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६, रजौरास्थित हिमाल एकेडेमीको स्कुल प्राङ्गणमा शिक्षक माथि धारिलो हतियार प्रयोग गर्ने युवक पक्राउ परेका हुन् ।
बैशाख १९ गते बिहान करिब १०:१५ बजे हिमाल एकेडेमीका शिक्षक विशेष श्रेष्ठमाथि तुलसीपुर उपमहानगरपालिका–४,रक्षाचौर निवासी २१ वर्षीय सुरेश बि.क.ले धारिलो हतियार प्रहार गरि फरार रहेका थिए ।
त्यस्तै प्रहरीका अनुसार बि.क.ले श्रेष्ठको घाँटी, हात लगायत शरीरका विभिन्न भागहरूमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते श्रेष्ठको हाल उपचार भइरहेको छ । घटनापछि फरार रहेका बि.क.लाई खोजतलासका क्रममा तुलसीपुर–४ हलवार स्थित सडक बाटोमा प्रहरीले बैशाख २० गते साँझ करिब ८ : ४५ बजे पक्राउ गरेको हो ।
यस्तै पक्राउ परेका बि.क.लाई हाल आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको कारण खुलाउन थप अनुसन्धान जारी रहेको जनाएको छ ।
