
Ratbs
Jsbus
Ddhbs
Pbu
gms
Rbs
Gsl
Ssbus
dsbus
Bksbus5
Nssbus7
Gsbus
Amb
Csbus

Ggd
Hal
Rgs
Sls
Ksm
Vor
Sbs
Asm
Wsp
Ssm
Bbbpu
nsb
Pvg
Gst
Tsm
Rgu
Rsb
Rgu
Bbu

Gsb
Abd
Mks
Jmb
Rmb
Bml
sab
Pls
Ptm
bbt
Rpp
Syp
Jmb
दाङ । लुम्बिनीमा ‘लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५’ सुरु भएको छ । बुधबारबाट सुरु भएको सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी केवल ऐतिहासिक र पुरातात्विक स्थल नभई विश्व शान्तिको सन्देश फैलाउने पवित्र भूमि भएको बताएका छन् । उनले लुम्बिनीको संरक्षण, प्रचारप्रसार र दीगो विकासका लागि सबै तहका सरकार, सरोकारवाला र अन्तर्राष्ट्रिय समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
`बुद्धको जन्मभूमि लुम्बिनीलाई अध्यात्म, अनुसन्धान, पर्यटन र अन्तर्राष्ट्रिय शान्तिको केन्द्र बनाउनु हाम्रो साझा जिम्मेवारी हो´ मुख्यमन्त्री आचार्यले भने-`लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन सबैले हातेमालो गर्नु पर्छ ।´
त्यस्तै लुम्बिनी विकास कोषको आयोजनामा तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, युनेस्को काठमाडौं र आईकोमोस नेपालको प्राविधिक सहयोगमा सम्मेलन आयाेजना गरिएको हाे । सन् १९९७ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा बुद्धको जन्म इसा पूर्व ६२३ मा भएको ऐतिहासिक प्रमाण अशोक स्तम्भमा उल्लेख छ । सम्मेलनमा लुम्बिनीको पुरातात्विक महत्व, संरक्षण, अनुसन्धान र तीर्थयात्रासम्बन्धी विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका छ ।
यस्तै दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न सत्रहरूमा विभिन्न वक्ताले विचार प्रस्तुत गर्ने छन् । सम्मेलनले लुम्बिनीको संरक्षण र प्रवर्द्धनमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ । सम्मेलनले निकालेकाे निष्कर्षलाई तीन तहका सरकारले कार्यान्वयन गर्ने र साझा याेजना निर्माण गर्नुपर्नेमा उद्घाटन सत्रमा जाेड दिइएको छ ।
