
Ksb
Csb
Gsb
Tgp
Rks
Ppu
Nsb
Ssb
Bsn
Ksb
Rsb
Usb
Ssb
Ksb

Usb
Hl1
Ssb
Tsb
Gsb

Nps
Rgu
ptl
दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलले गत आइतबार शिकाई मेला तथा विद्यार्थी कक्षागत प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका प्रिन्सिपल लोकमान रिजालको अध्यक्षता तथा जिल्ला शिक्षा दाङका समन्वय इकाईका प्रमुख देवमणी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले विद्यालयले राखेको एसकिसिमको स-साना,नानी-बाबुको शिकाई क्रीयाकलाप मेला धेरै सराहनीय भएको र एसले अभिभावकमा बालबालिकाको पढाई सम्बन्धि ज्ञान थपेको बताएका छन् ।
त्यस्तै उनले यस्तो क्रीयाकलाप सामुदायिक विद्यालयसंग मिलेर गर्दा समग्र सबै विद्यालयको उन्नती हुने साथै अहिलेको समय भनेको विद्यालय विद्यार्थी तथा अभिभावक मिलि शिकाई वातावरण तयार गर्ने युग रहेको र कार्यक्रमले सो कुरामा जोड दिएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत बालबालिकाको कक्षामा पठनपाठन के-कसरी भैरहेको छ भन्ने बारे अभिभावकको अगाडी बालबालिका स्वयमलाई प्रस्तुति गर्न लगाइएको थियो ।
लावण्य इन्टरनेसनल ट्रेनिङ सेन्टरका पूजा शाहले अभिमुखिकरण गरेकि थिइन । शाहले विगत १४ वर्षदेखि प्रशिक्षण दिदै आएकी छिन् । सो कार्यक्रममा ९ सय ७३ जना बालबालिकाले आफ्नो प्रस्तुति देखाएका थिए ।
विद्यालयले यस्तो कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको विद्यालयका प्राचार्य लोकमान रिजालले जानकारी दिए । प्राचार्य रिजालले विद्यालयको शैक्षिक गुणस्तर बढाउन शैक्षिक मेला आयोजना गरिएको बताउदै शैक्षिक मेलाले बालबालिकाको पढ्ने बानीकोविकास गरी शैक्षिक गुणस्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास जागृत भएको बताए ।
स्थापना कालदेखि गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले गुणस्तरीय शिक्षा सुदृढीकरण गर्न बालबालिकाका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको प्रिन्सिपल रिजालले बताए । उनले स्थानीय स्तरमा शिक्षकले निर्माण गरिरहेका शैक्षिक सामग्री र त्यसको प्रयोगसहित अभिभावकको पनि संलग्नता शिक्षण सिकाइ क्रियाकलापमा हुनुपर्छ भन्ने सन्देश दिन मेला आयोजना गरिएको बताए । यस्ता कार्यक्रमले शिक्षक र विद्यार्थीका शिक्षण सिकाइ क्रियाकलाप वृद्धि हुने र बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गराउन,जगैदेखि सिकाइ उपलब्धि बढाउन सकियो भने विद्यार्थीको सीप वृद्धि हुने भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल रिजालले बताए ।
अन्य विद्यालयले गुणस्तरीय शिक्षा दिन नसक्ने र घर घरमा पुगेर अभिभावकहरूसंग अनावश्यक हामीले यो त्यो सेवा दिएका छौँ भन्दै भ्रम छरेर बच्चाहरु माग्ने चलन व्यापक भैरहेको हुँदा त्यस्ता भ्रमहरुमा नपर्न कार्यक्रममा सहभागी सम्पूर्ण अभिभावकहरुलाई प्रिन्सिपल रिलिजले आग्रह गरे ।
कार्यक्रमको विषयवस्तुका बारेमा विद्यालयका प्रिन्सिपल रिलिजले जानकारी गराउदै सबै उपस्थितिलाई स्वागत गरेका थिए भने कार्यक्रमको संचालन शिक्षिका शिला रिजाल र दिप्ती शर्माले संयुक्तरुपमा गरेका थिए ।
