
Csbus
Rbs
syysr
Ssbus
Nssbus7
Pbu
Bksbus5
Ddhbs
dsbus
Gsl
Jsbus
gms
Syees
Amb
Ratbs
Gsbus

Sls
Ggd
Rgu
Tsm
Rgu
Vor
Wsp
Bbbpu
Rgs
Ksm
nsb
Sbs
Bbu
Ssm
Rsb
Asm
Hal
Pvg
Gst

Pls
Gsb
Jmb
Ptm
Rpp
sab
Jmb
bbt
Rmb
Mks
Abd
Bml
Syp
क्रेमलिन । रुसको कब्जामा रहेको उत्तर युक्रेनी सहर दोनेत्स्कमा युक्रेनले गरेको ड्रोन आक्रमणमा परेर एक जना रुसी पत्रकारको मृत्यु भएको छ ।
रुसको सरकारी पत्रिका इज्भेस्तियाले बताएअनुसार यस घटनामा उसको फ्रिलान्स पत्रकारको मृत्यु भएको हो । युक्रेनी सेनाले जानीजानी अलेक्जान्डर मार्तेम्यानोभलाई निशाना बनाएको आरोप रुसले लगाएको छ । यस विषयमा अहिलेसम्म युक्रेनले कुनै प्रतिक्रिया दिएको छैन ।
त्यस्तै मार्तेम्यानोभलाई बोकेर गइरहेको सवारी साधनमाथि राजमार्गमा आक्रमण गरिएको इज्भेस्तियाले बताएको छ । यस घटनामा पत्रिकाका अरू पाँच जना कर्मचारी घाइते भएको भनिएको छ । उक्त गाडी रुसको कब्जामा रहेको गोर्लिभ्का सहरमा रिपोर्टिङ सकेर आइरहेको रुसको सरकारी समाचार संस्था रियाले भनेको छ ।
यस्तै यस घटनामा रियाका दुई जना पत्रकार पनि घाइते भएको बताइएको छ । यस घटनालाई रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारियो जाखारोभाले जानी जानी गरिएको हत्या भनेकी छिन् ।रातोपाटी
