
syysr
Ratbs
Rbs
Ddhbs
dsbus
Gsbus
Pbu
Nssbus7
Csbus
Jsbus
Bksbus5
Gsl
Syees
gms
Ssbus
Amb

Bbu
Tsm
Sls
nsb
Sbs
Rsb
Ssm
Vor
Bbbpu
Ksm
Rgu
Gst
Wsp
Pvg
Ggd
Rgs
Rgu
Hal
Asm

Mks
Rpp
Jmb
bbt
sab
Bml
Abd
Jmb
Gsb
Pls
Rmb
Ptm
Syp
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयले वडाभित्रका दलित परिवारका विद्यार्थीलाई विद्यालय पोशाक मंगलबार वितरण गरेको छ ।
वडाभित्रका दुई सामुदायिक विद्यालयका बालविकासदेखि ५ कक्षा सम्मका ६७ जना विद्यार्थीलाई पोशाक वितरण गरेको हो ।
जनज्योति आधारभूत विद्यालय नयाँगाउँका ४३ र माध्यमिक विद्यालय मौरीघाटका २४ जना दलित विद्यार्थीलाई ५१ हजार रुपैयाँ बराबरको पोशाक वितरण गरिएको वडा अध्यक्ष वीर बहादुर चाैधरीले जानकारी दिए ।
प्रत्येक विद्यार्थीलाई विद्यालय पोशाकको रूपमा सर्ट र पाइन्ट वितरण गरिएको छ । वडा अध्यक्ष चौधरीका अनुसार वडाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत पाेशाक वितरण गरिएको हाे । अध्यक्ष चाैधरीले यस पटक दलित विद्यार्थीलाई मात्रै पोशाक वितरण गरिएपनि आगामी वर्षमा जनजाति,विपन्न र अन्य वर्गका विद्यार्थीलाई पनि समेट्ने योजना रहेको बताए ।
त्यस्तै पोशाक वितरण कार्यक्रममा वडा सदस्य विष्णुप्रसाद पोख्रेल,बालिका सुनार,वडा सचिव भगवती सुवेदी,मौरीघाट बजार व्यवस्थापन समितिका कोषाध्यक्ष गोविन्द बहादुर केसी, विद्यालयका प्रधानाध्यापक लगायत अन्य शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

