
Csb
Ssb
Ssb
Bsn
Tgp
Rks
Ksb
Usb
Nsb
Rsb
Ksb
Ksb
Gsb
Ppu

Gsb
Ssb
Hl1
Usb
Tsb

ptl
Nps
Rgu
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकाे अभिभावक भेला आइतबार सम्पन्न भएको छ।
जसमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि भिमबहादुर मरासिनी चयन भएका छन् । यस्तै शिअस अध्यक्षमा नारायण प्रसाद शर्मा सर्वसहमत निर्वाचित भएका छन् । विद्यालय ब्यबस्थापन समिती र शिक्षक अबिभाबक संघ गरि १३ सदस्य समिति गठित भएको छ ।
विद्यालयमा ४ सय ८८ विद्यार्थी र २३ शिक्षक शिक्षिका रहेका छ्न । गत सालको नतिजा भन्दा यस वर्षको नतिजा सन्तोषजनक रहेको प्रअ देवकुमार वलीको प्रगति प्रतिबेदनमा उल्लेख छ । वलीका अनुसार प्रशासनिक भवन र हल अभाब रहेको बताए । साथै नारायण प्रसाद शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उद्घाटन सत्रपछि वि.ब्यस र शिअस गठन भएको छ ।
उक्त भेलामा बाेल्दै प्रमुख अथिती राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शैक्षिक गुणस्तर सुधार गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । साथै बिष्टले शिक्षाको साथ साथै संस्कार सिकाउन शैक्षिक गुणस्तर सुधार गर्न लागि शिक्षक,विद्यार्थी,अभिभावक लगायत शिक्षा संबद्ध सम्पूर्ण सराेकारवालाहरु जिम्मेवार हुनु पर्ने बताए । आइतबार भएको अभिभावक बेलामा राजनिती द्ल, अभिभावक,विद्यार्थीहरुको उपस्थित रहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम मरासिनीको अध्यक्षतामा सम्म्पन्न भएको कार्यक्रमको सन्चालन दुर्भ मल्लले गरेका थिए ।
