
Ratbs
Ssbus
Rbs
dsbus
Pbu
Nssbus7
Bksbus5
Jsbus
Amb
Gsl
gms
Csbus
Ddhbs
Gsbus

Rgu
Gst
Rsb
Rgu
Ssm
Rgs
Sbs
Bbu
Vor
Wsp
Pvg
Sls
Ggd
Ksm
Tsm
Asm
Bbbpu
Hal
nsb

sab
Syp
Mks
Rpp
Pls
Abd
bbt
Rmb
Bml
Gsb
Jmb
Jmb
Ptm
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले च्याउ खेतीलाई सहकारी मार्फत सामूहिक रूपमा व्यवसायिक बनाउन आग्रह गरेका छन् ।
आइतबार राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा च्याउ खेतीसम्बन्धी एकदिने तालिम उद्घाटन गर्दै अध्यक्ष विष्टले उत्पादन सँगसँगै बजारीकरणलाई पनि विशेष प्राथमिकता दिनुपर्ने बताएका हुन् । अध्यक्ष विष्टले भने, “च्याउ खेतीलाई सहकारीको माध्यमबाट व्यावसायिक बनाउनु आवश्यक छ । सहकारीले सामूहिक प्रयासमार्फत लागत घटाउँछ,उत्पादन बढाउँछ र बजारसम्म पुग्न मद्दत गर्दछ । पालिकाले च्याउ खेतीलाई आर्थिक समृद्धिको प्रमुख साधन बनाउन आवश्यक सबै सहयोग उपलब्ध गराउने छ ।”
त्यस्तै उनले सहभागी महिलाहरूलाई तालिममा सिकेका कुराहरू व्यवहारमा उतार्न र सहकारीमार्फत दीर्घकालीन योजना बनाउन आग्रह गरे । कार्यक्रममा पालिकाकी उपाध्यक्ष कमलापती चौधरीले महिलाहरूको आत्मनिर्भरता र सामूहिक प्रयासले च्याउ खेतीलाई दिगो बनाउने विश्वास व्यक्त गरे ।
यस्तै कृषि ज्ञान केन्द्र दाङको आयोजना र बगर कृषि सहकारी संस्था लिमिटेड राप्ती ५ सिसहनियाँको सहकार्यमा सम्पन्न तालिममा ३० जना महिलाको सहभागीता रहेको थियो । तालिममा वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी,कार्यपालिका सदस्य रणबहादुर पुजाली,सावित्री चौधरी,कृषि प्रविधि निर्मला गिरी,निर्मला पौडेल लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै उक्त तालिमले च्याउ खेतीकाे प्राविधिक ज्ञान र व्यावसायिक सम्भावनाबारे सहभागीहरुलाई मार्गदर्शन गरेको ज्ञान केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतले बताए ।
