
Nsb
Csb
Tgp
Ssb
Rks
Ksb
Bsn
Ksb
Rsb
Fmb
Ssb
Gsb
Usb
jsb
Ksb
Ppu

Tsb
Ssb
Hl1
Gsb
Usb

Rgu
Nps
ptl
दाङ । राप्ती गाउँपालिकाले असोज २४ गते वडा नम्बर १ भालुवाङ स्थित सशस्त्र प्रहरी क्याम्प नजिकै पिङ खेल्न गएकी ८ बर्षीय बालिका माथि भएको बलात्कार घटना प्रति दु:ख व्यक्त गरेकाे छ।
पालिकाका अध्यक्ष प्रकाश विष्टले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बालिका माथि भएको उक्त घटना अमानवीय, क्रूर र समाजको संवेदनशीलतालाई चुनौती दिने जघन्य अपराध भएको उल्लेख गरेका छन् । “मानवता र बालबालिकाको सुरक्षाको सम्मान गर्नुपर्ने मूलभूत कर्तव्यलाई हदैसम्मको लापरवाहीमा पुर्याएको छ।” – विज्ञप्तिमा उल्लेख गरिएको छ,”लामो समयसम्म पनि घटनाको सत्य तथ्य बाहिर नआएको विषय प्रति स्थानीय सरकारको गम्भिर ध्यानाकर्षण भएको छ।”
त्यस्तै विज्ञप्तिमा घटनाको विवरण प्रकाशित भएपछि निरन्तर रुपमा जनप्रतिनिधिहरु सहभागी भई समन्वय तथा सहकार्यमा रहेको व्यहोरा समेत उल्लेख्य गरिएको छ । पालिकाले बालबालिकाहरू सुरक्षित वातावरणमा हुर्किन, खेल्न, सिक्न र बाँच्न पाउनुपर्ने अधिकार माथि भएको यस प्रकारको घटना सह्य नहुने उल्लेख गर्दै पीडित बालिका र उनको परिवारप्रति गहिरो सहानुभूति प्रकट गरेको छ।
त्यस्तै पालिकाले दोषीहरूलाई कानूनी कठघरामा ल्याएर कडा भन्दा कडा सजाय दिलाउन विज्ञप्ति मार्फत सम्बन्धित निकाय सँग जोडदार माग गरेकाे छ । यस प्रकारका जघन्य अपराधको अन्त्यका लागि पालिका कटिबद्ध रहेको उल्लेख गर्दै पालिकाले सम्पूर्ण नागरिकलाई यस्तो अपराधविरुद्ध एकताबद्ध भएर आवाज उठाउन, पीडितको संरक्षणमा सहयोग गर्न र समाजमा यस्ता घटनाको पुनरावृत्ति रोक्न आग्रह गरेको छ।
त्यस्तै पालिकाले घटनाको सत्य तथ्य छानविनका लागि नागरिकस्तरबाट स्वतस्फुर्त भएको शान्तिपुर्ण दवावमूलक कार्यक्रमलाई संयमित र अनुसन्धानमैत्री बनाउनका लागि सरोकारवाला सम्पूर्णमा हार्दिक अपिल समेत गरेको छ ।
