Sidha Patra सोमबार, कार्तिक ०५, २०८१

रौतहट । जिल्लाको विभिन्न स्थानबाट सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलीले मोटरसाइकल सहित लाखौँ रुपैयाँ मूल्य भन्दा बढीको अवैध भारतीय सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा गौर र मातहतका युनिटबाट खटिगएको गस्ती टोलीले जिल्लाको विभिन्न नाका हुँदै तस्करहरूले भित्र्याएको ५ लाख ३४ हजार ३७७ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो ।

त्यस्तै सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँका अनुसार टोलीले १ लाख ९० हजार,६५५ बराबरको लत्ताकपडा, १ लाख ८५ हजार ३२२ बराबरको किराना तथा ड्राई फ्रुट्स, १ थान मोटरसाइकल लगायत उक्त परिमाण बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।

यस्तै बरामद सामानहरू आइतबार आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको सशस्त्र प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]