
Csb
Bsn
Ssb
Ksb
Nsb
Ppu
Rks
Rsb
Ksb
Gsb
Tgp
Usb
Ksb
Ssb

Tsb
Gsb
Hl1
Usb
Ssb

Nps
Rgu
ptl
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको देउखुरी पब्लिक स्कूलमा विजया दशमी,शुभदिपावली र छठ पर्वकाे अवसरमा दशैँ मिलन,शुभकामना आदानप्रदान तथा एस्.ई.ई. ब्याच २०८० लाई सम्मान कार्यक्रम भव्य रूपमा शनिबार सम्पन्न गरेको छ ।
विद्यालयका प्रिन्सिपल भु-माण्डप केसीको अध्यक्षता तथा समाजसेवी एवं बुद्धिजीवी र विद्यालयका सेयर धनी रतन कुमार केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमूख अतिथि केसीले कार्यक्रमलाई सम्बोधन गर्दै,यस प्रकारका सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूमा राष्ट्रप्रेम र आफ्ना परम्पराप्रति गर्वको भावना जगाउने उल्लेख गरेका थिए । उनले विद्यालयले आफ्नो शैक्षिक लक्ष्य प्राप्त गर्दै समाजका लागि उदाहरणीय भूमिका खेल्नुपर्नेमा जोड समेत दिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल केसीले हाम्रोे समाजका परम्परा र रितीरिवाजले समाजमा विभिन्न किसिमका विभेदहरु छन्, ति विभेदलाई अन्त गरेर एउटा राम्राे,प्रगतिशील,समालोचनामूलक र न्यायपूर्ण समाजको निर्माण गर्ने प्रेरणा दिउन भन्दै शूभकामना व्यक्त गरेका थिए । विद्यालयको शैक्षिक वातावरणमा मात्रै नभई,विद्यार्थी,शिक्षक र अभिभावकबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन विशेष गरि विद्यार्थीहरुलाई दशैँको महत्त्व र यसले नेपाली समाजमा गर्ने एकताको सन्देशको बारेमा बुझाउन कार्यक्रमले विशेष भूमिका खेल्ने गर्दछ,प्रिन्सिपल केसीले भने । देउखुरी पब्लिक स्कूलले शैक्षिक क्षेत्रका साथै सांस्कृतिक तथा सामाजिक गतिविधिमा समेत आफ्नो पहिचान बनाउन सफल भएको प्रिन्सिपल केसीले बताए ।
विद्यालयकी शिक्षिका सिमा भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा एस्.ई.ई. ब्याच २०८० लाई सम्मान गरिएको थियो । त्यस्तै उक्त कार्यक्रमा डान्स च्याम्पियन सिजन टु बाट टप फाइनलमा पिगेकी रजिना चौधरीले आफ्नो प्रस्तुति दिइएकी थिइन् । उनले अब प्रथम विजेता हुनका लागि भोटको आवश्यकता पर्ने भएको हुँदा सम्पूर्णलाई भोट दिन समेत आग्रह गरेकी छिन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यका प्रेस संयोजक दशरथ घिमिरे,दाङ,देउखुरी वातावरण संरक्षण पत्रकार मंचका अध्यक्ष तथा सीधा-पत्र अनलाइन टिभीका निर्देशक भानु जोशी,वरिष्ठ पत्रकार राधेश्याम गुप्ता, समाजसेवी गौरव सिंह महरा,समाजसेवी भिम भुसाल लगायतको उपस्थिति रहेकोे थियो । कार्यक्रममा सहभागी सबैलाई प्रमुख अतिथि केसीले टिका र जमरा लगाएर दशैँको शुभकामना दिएका थिए भने कार्यक्रमको संचालन शिक्षक सन्दिप खनालले गरेका थिए ।

