
nsm
ssbus
Sssbus1
Sssbus1
Pbu
Ssbus
Gsl
Ssbus
Bs1
tssbus
Ssbus

Rgu
Gst
Asm
Sbs
Vor
Wsp
Hal
Rgu
Rsb
Sls
Tsm
Ssm
Bbu
Bbbpu
nsb
Ggd
Pvg
Ksm
Rgs

bbt
Jmb
Pls
Syp
Rpp
Rmb
Gsb
sab
Abd
Jmb
Mks
Ptm
Bml
दाङ । गुरुकुल एकेडेमीले तिज विशेष कार्यक्रम गरेको छ । घोराही,तुलसिपुर र लमहीमा रहेको गुरुकुल एकेडेमीले तिज बिशेष तथा दर खाने कार्यक्रम सम्पन्न गरेको हो ।
शनिबार विद्यालयको प्रागंनमा एक औपचारीक कार्यक्रमको साथ करीव १ हजार ५ सय महिलाहरुको सहभागितामा तिज बिशेष तथा दर खाने कार्यक्रम सम्पन्न गरेको विद्यालयले जनाएको छ । कार्यक्रममा बिद्यालयका महिला अभिभावक,कर्मचारी,पत्रकार लगायत अन्य क्षेत्रमा आवद्ध महिलाहरुको सहभागितामा तीज कार्यक्रम भव्यताका साथ समपन्न भएको हो ।
गुरुकुल एकेडेमीले हरेक वर्ष यसैगरी कार्यक्रमको आयोजना गर्दछ । कार्यक्रम बोल्ने बक्ताहरुले हिन्दु नेपाली नारीहरुको महान चाड हरीतालिका तिजको अवशरमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै पर्व मनाउदा भड्किलो तथा खर्चिलो नभई आफ्नो गक्ष अनुसार मनाउनुपर्ने बताएका थिए । साथै नेपालीहरुको पर्व हर्सोल्लासका साथै आपसि माया र सद्भाव सहित मनाउनुपर्नेमा जोड दिएका थिए ।
गुरुकुल एकेडमीले सम्पूर्ण महिलाहरुलाई एकै ठाँउमा जम्मा गरी तिजको अवसरमा शुभकामना आदान प्रदान गर्ने मौका जुराइदिएकोमा उपस्थित अभिभावकहरुले धन्यबाद समेत प्रदान गरेका थिए भने यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने पनि बताएका थिए । तिज विशेष कार्यक्रमसंगै उपस्थित महिलाहरुले दरसंगै नाच गान गरी मनोरञ्जन लिएका थिए । कार्यक्रममा विद्यालयका शिक्षिकाहरुले नृत्य समेत प्रस्तुत गरेका थिए भने चर्चित गायिका देबी कुमारी बस्नेतले आफ्नो बेजोड प्रस्तुति राखेका थिए । गायिका बस्नेतले नाच्ने रहर लगायतका गित गाएका थिए भने उपस्थित दर्शक तथा अभिभावक छम छम नाचेका थिए ।
विद्यालयका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरे सहितको पुरुषहरुको समुहले दर तयार गरी महिलाहरुलाई भोजन गराएको थियो । विद्यालयकि लेखा प्रमुख गोमा गौतमको अध्यक्षता तथा मन्टेस्वरी संयोजक लोचना पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षिका रेशु राउतले गरेका थिए । यस्तै गुरुकुल एकेडेमी तुलसिपुरमा विद्यालयकि प्रशासन प्रमुख सुस्मा आचार्यको अध्यक्षता तथा उपमेयर स्यानि चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण शिक्षिका श्रृजना बोहोराले गरेकि थिइन् ।
