
Ratbs
Syees
Ddhbs
Gsl
Pbu
Bksbus5
gms
Amb
Nssbus7
Jsbus
syysr
dsbus
Rbs
Csbus
Gsbus
Ssbus

Asm
Hal
nsb
Rgu
Sbs
Rgu
Bbbpu
Ssm
Pvg
Bbu
Tsm
Rgs
Rsb
Vor
Wsp
Ggd
Ksm
Sls
Gst

bbt
Ptm
Rmb
Bml
Abd
Mks
Jmb
Jmb
Gsb
sab
Syp
Pls
Rpp
दाङ । गुरुकुल एकेडेमी तुलसिपुरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । समाजमा हुने विभिन्न अपराधिक कृयाकलापको न्युनिकरण गर्न तथा आफ्ना विद्यार्थीहरुलाई यस्ता गतिबिधि गर्न हुदैन भन्ने कुरा सिकाउन प्रहरीसंगको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा सम्पन्न समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रशिक्षकमा ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भरतनाथ योगी रहेका थिए । कार्यक्रममा सहायक निरीक्षक योगीले बाल विवाह एउटा सामाजिक समस्या भएको भन्दै यस्ता कृयाकलाप नगर्ने बारेमा जानकारी गराएका थिए । यस्तै अरुको देखासिकि गर्नाले सत्रुहरु बढ्ने झैझगडा हुने,फजुल खर्च गर्दा आर्थिक भार पर्ने भएका कारण विभिन्न घटना बढ्ने भन्दै यस्ता गतिबिधिबाट बच्ने बारे बालबालिकाहरुलाई परामर्श समेत दिएका थिए ।
किसोर अबस्थामा लागु पद्धार्थ सेवन बढि हुने साथिभाईहरुको लहलहैमा लागेर समाजमा बिभिन्न अपराधका घटनाहरु हुने र यसबाट आफु पनि बच्ने र अरुलाई पनि बचाउने विषयमा पनि उनले जानकारी गराएका थिए । नागरीकका सुरक्षाका लागि प्रहरीले काम गर्ने भएका कारण नागरीकले पनि सुरक्षामा प्रहरीलाई सहयोग गर्नुपर्ने बताएका थिए ।
विद्यालयले हरेक महिना विज्ञ अतिथि मार्फत विभिन्न कुराहरुको बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिने तथा सिकाउने मासिक कार्यक्रम अन्तर्गत यो कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले बताए । साथै उनले प्रहरीसंगका कार्यक्रमले अपराधिक कृयाकलापबाट बच्न निकै प्रेणा मिल्ने र यस्ता खालका गतिबिधि समाजमा नहुने समेत बताए । प्रशिक्षण कार्यक्रममा विद्यालयका सम्पूर्ण विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
