प्रिया स्मृतीगजमेर/लमही आइतबार, आषाढ १६, २०८१

दाङ । भर्खरै सार्वजनिक भएको एसईई परीक्षाको नतिजामा ज्याेतिष्मती विद्यापीठ लमहीमा अध्ययनरत अन्वेश सुवेदी ३.९ जिपिए सहित देउखुरी प्रथम भएका छन् ।

त्यसैगरि सोहि विद्यालयमा अध्ययनरत भूषण घिमिरे ३.८६ जिपिए सहित देउखुरी क्षेत्रमै दाेस्राे हुन सफल भएका छन् ।

सो विद्यालयबाट ४६ जना विद्यार्थी एसईई परीक्षामा सामेल भएका थिए । ४६ जना मध्ये ४३ जना विद्यार्थी उतिर्ण भएको विद्यालयका प्रधानाध्यापक नारायण भुसालले जानकारी दिए । ९३.४८ प्रतिशत सहित देउखुरी क्षेत्रमै सामुदायिक तथा संस्थागत विद्यालयलाई पछि पार्दै अग्र स्थानमा छ ।

त्यस्तै ५ जनाले ए प्लस, १५ जनाले ए, १८ जनाले बि प्लस र ६ जनाले बि ग्रेड लिन सफल भएको ज्याेतिष्मती विद्यापीठ लमहीका प्रधानाध्यापक भुसालको भनाई छ ।

विगतका वर्षहरुमा पनि ज्याेतिष्मती विद्यापीठ लमहीले उत्कृष्ट नतिजा ल्याउने गरेको छ । बालबालिकालाई सस्कार सहित शिक्षा प्रदान गर्दै गरेको यस विद्यालयले कक्षा ११ र १२ मा कानून र व्यवस्थापन संकायमा अध्यापन गराउदै आएको छ । कक्षा १२ मा पनि सो विद्यालयले राम्रो नतिजा लिंदै आएको छ । आगामी दिनमा पनि सबैको सहयोगले हामी राम्रो नतिजा ल्याउने कुरामा विश्वस्त छौं’- प्रधानाध्यापक भुसालले भने ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]