
tssbus
Pbu
Ssbus
ssbus
Ssbus
nsm
Ssbus
Gsl
Sssbus1
Sssbus1

Sls
Hal
Rgu
Rgu
Ksm
Rgs
Ggd
Pvg
Bbu
nsb
Bbbpu
Sbs
Asm
Rsb
Ssm
Vor
Gst
Tsm
Wsp

Rmb
Jmb
bbt
Gsb
Bml
Abd
Syp
Jmb
Ptm
sab
Rpp
Pls
Mks
दाङ । देउखुरीको लमही नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि जम्मा ८४ करोड ५१ लाख २४ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
सोमबारका नगरसभामा उक्त बराबरको बजेट प्रस्तुत गरिएको नगर प्रबक्ता मोहन गिरीले बताए । संघीय सरकारको समानिकरण अनुदान १४ करोड ६ लाख, संघीय राजश्व बाँडफाँड१४ करोड ६ लाख, संघीय सशर्त अनुदान चालुतर्फ २३ करोड ३२ लाख पाँच हजार, पूँजिगत तर्फ १० करोड २३ लाख, संघीय सरकार समपुरक अनुदान एक करोड ५० लाख, अनुमान गरिएको छ ।
यसैगरी प्रदेश सरकारको ११ करोड ९६ लाख, प्रदेशसरकारको समपुरक अनुदान १० लाख पाँचहजार,प्रदेश राजश्व वाँडवाँड सवारी कर १७ करोड ६९ लाख, आन्तरिक श्रोत आठ करोड १४ लाख, स्थानीय राजश्व बाँडफाँडबाट ६ करोड, प्रदेश सरकारको सशर्त अनुदान १० लाख पाँच हजार अनुमान गरिएको छ ।
ब्ययतर्फ नगरका प्रत्यक वडामा ७८/७८ लाख बजेट सिमा निर्धारण गरिएको छ । सभाले सबैभन्दा बढि प्रशासनिक खर्चमा १५ करोड सिमा निर्धारण गरेको छ । त्यस्तै समपुरक कोषमा ३ करोड, क्रमागत आयोजना ४ करोड, शिक्षा युवा तथा खेलकुदमा ३ करोड, स्वास्थ्यमा ५० लाख, कृषीमा ७० लाख, पशु सेवामा ५० लाख, लमही अस्पतालमा १ करोड, १० लाख रुपैया सँगै अन्य बिषयगत शाखाहरुमा बजेट सिमा तोकेको छ ।
सोमबार नगरको १५ औँ नगरसभामा नगरप्रमुख जोगराज चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । उपप्रमुख लक्ष्मी योगीको अनुपस्थितीमा प्रमुख चौधरीको आदेशानुसार आर्थिक शाखा प्रमुख तथा वडा नम्बर ३ का वडाध्यक्ष मनोज कुमार चौधरीले बजेट प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले गरेका थिए ।

