Sidha Patra बुधबार, जेठ ३०, २०८१

काठमाडौं । अख्तियारले खानेपानी र पुस्तकालयको बजेटमा भ्रष्टाचार गरेको भन्दै प्रधानाध्यापक र अध्यक्ष विरुद्ध मुद्दा चलाएको छ ।

संखुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर ४ हुम्लिङको शारदा माध्यमिक विद्यालयले खानेपानी र पुस्तकालय स्थापनाको नाममा पाएको रकम भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक र अध्यक्ष विरुद्ध मुद्दा चलाएको हो ।

अख्तियारले आर्थिक वर्ष २०७४/०७५ मा पुस्तकालय व्यवस्थापनका लागि शिक्षा विभागबाट अनुदान पाएको रकमबाट पुस्तकालय नै स्थापना नगरेको भन्दै अख्तियारले प्रधानाध्यापक कृष्णहरि भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा खानेपानी व्यवस्थापनको लागि पाएको रकमबाट कुनै काम नगरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद अधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अख्तियारले पुस्तकालयको मुद्दामा शाक्य अफसेट प्रेस चैनपुरका प्रोप्राइटर केशवकुमार शाक्यविरुद्ध मुद्दा दर्ता गरेको छ । अख्तियारले प्रधानाध्यापक भट्टराईविरुद्ध ४ लाख ६० हजार ४५५, शाक्यविरुद्ध ४ लाख १० हजार ४५५, व्यवस्थापन समिति अध्यक्ष अधिकारी विरुद्ध ३ लाख ४३ हजार र तत्कालीन शिक्षक लालबाबु पण्डितसँग ३ लाख ४३ हजार बिगो अख्तियारले दाबी गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]