वसन्त बिबश शनिबार, जेठ २६, २०८१

दाङ । बालबालिकाको सर्वांगीण विकासका लागि देउखुरी पब्लिक सेकेन्डरी स्कुल लमहीमा तेक्वान्दो खेलको शुक्रबारदेखि शुभारम्भ भएको छ ।

देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउपुर स्थित देउखुरी पब्लिक सेकेन्डरी अङ्ग्रेजी बोडिङ्ग स्कुलमा इसिए अन्तरगत तेक्वान्दो खेलको शुभारम्भ भएको हो । उक्त खेलको स्कुलका प्रधानाध्यापक भु-माण्डप केसीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

खेलद्वारा बालबालिकाको सर्वांगीण विकासमा सहयोग पुग्ने उदेश्यले विद्यालयमा तेक्वान्दो खेलको शुभारम्भ गरिएको विद्यालयका प्रधानाध्यापक भु-माण्डप केसीले जानकारी दिए । खेलले बालबालिकाको आत्मरक्षामा सहयोग पुग्नुका साथै स्वास्थ्यमा पनि विशेष सहयोग पुग्ने भएको हुँदा अभिभाबकहरुले आफ्ना बालबालिकालाई सानै उमेरदेखि तेक्वान्दो खेलको अभ्यास गर्न पठाइरहेको प्रधानाध्यापक केसीले बताए ।

त्यस्तै विद्यालयले संचालन गरेको तेक्वान्दो खेलको प्रशिक्षकमा तिर्थराज पाण्डे रहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]